सरस्वती मया दष्टा वीणापुस्तकधारिणी ।।

 हंसवाहनसंयुक्त्ता विद्यादान करोतु मे ।

दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिका ५ लक्ष्मी टोलमा रहेको आवर मदरल्याण्ड एकेडेमीले सरस्वती पूजन तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

यस क्षेत्रका संस्थागत विद्यालयहरूमा अग्रणी स्थान बनाउँदै गएको यो विद्यालय शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र खेल मैदानको सुविधाका कारण अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ।

विद्यालयका अभिभावक विजय सापकोटाका अनुसार विद्यालयको वातावरण, शिक्षण पद्धति र आवश्यक भौतिक सुविधाहरू सन्तोषजनक रहेका कारण धेरै अभिभावकहरू आफ्ना बालबालिकालाई यस विद्यालयमा भर्ना गर्न इच्छुक देखिने गरेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीकाले सरस्वती पूजन तथा अक्षरारम्भको शुभ अवसरमा ८० जना नयाँ विद्यार्थीहरू विद्यालयमा भर्ना भएको बताउनु भयो ।  विद्यालयले नवभर्ना विद्यार्थीहरूलाई निःशुल्क कपी समेत वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक कुलराज ढुङ्गानाका अनुसार विद्यालयले कक्षा १२ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको बताउनु भयो । ढुङ्गानाले योग्य र अनुभवी शिक्षकहरूको अध्यापन गराउदै आएकोले विद्यालयमा अभिभावकहरूको आकर्षण बढ्दै गएकोले अभिभावकहरु बालबालिका भर्ना गर्न  विद्यालयमा प्रत्यक्ष सम्पर्क गर्नुका साथै फोनमार्फत समेत  जानकारी लिने गरेको बताउनु भयो ।