काँठ क्षेत्रमा कलकल बग्ने खोला, झर झर झर्ने झरना (फोटो फिचर)
काठमाडौं : काठमाडौंमा पानीको अभाव कस्तो छ भन्नेकुरा काठमाडौंवासी हरेक नागरिकलाई थाहा छँदैछ। यसको व्याख्या गरिरहनु आवश्यक पर्दैन।
पानी किन्न समेत भनेको बेलामा पाइँदैन। अझ पानी ट्याङ्कर छिर्न नसक्ने गल्लीमा रहेका घरहरूमा पानीको कस्तो समस्या होला ? यो हामीले कल्पना गर्दा नै पुग्छ। अभावका साथसाथै सफा पानी पाउनका लागि काठमाडौंबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ।
काँठ क्षेत्रमा पानीका मुहानहरू शहरी बस्तीमा पाइने पानी भन्दा सफा र स्वच्छ छन्। तर त्यहाँ पनि घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदुषण बढीरहेको छ। त्यसैले पनि हामी सचेत नागरिक बनेर पानीका मुहान र पर्यटकीय गन्तव्यहरूमा गएको बेलामा फोहोर जथाभावी फाल्नु हुँदैन।
यसको समस्या र असर स्वयं हामीलाई नै पर्ने हो। काठमाडौंको शहरी बस्तीबाट केही टाढा रहेको सुन्दरीजलस्थित वागमती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाडौं बैडेश्वर झरनाको मुहान, ललितपुरको बाँडेगाँउको झरनाको मुहान काठमाडौं टोखास्थित झरनाको मुहान, भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन्।
काठमाडौंमा यति स्वच्छ र सफा पानीका मुहान सायदै अन्त पाइएला। त्यसैले पनि हामीले यस्ता स्वच्छ पानीका मुहानमा फोहोर नगरी सफा र स्वच्छ राख्नुपर्छ।
किनभने प्रकृतिको संरक्षण गरेमात्रै प्रकृतिले हामीलाई सुरक्षित राख्छ। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौंका सफा र स्वच्छ पानीका मुहानका तस्वीरहरू।

काठमाडौं टोखाको झरना ।

गोदावरीको मुहान नजिकैको कुण्ड ।

काठमाडौंको सुन्दरीजलको झरना ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























