हिन्दू महिलाहरुको महान पर्व तीज सभ्य हुनुपर्ने :स्वयंसेवक संघ
कपिलवस्तु। राष्ट्रका लागि जागौ भन्ने मुल नाराका साथ शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम शुक्रबार गाैतम बुद्ध हाेटेल ताैलिहवा कपिलवस्तुकाे सभाहलमा संपन्न भएको छ । हिन्दू महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागी भएका महिलाहरुले एक अर्का संग शुभकामना आदान प्रदान गरेका छन। नाच्दै गाउदै एक अर्का सित ख़ुशी साटासाट गर्दै तीज पर्व हर्सोल्लासका साथ मनाऊँन आग्रह समेत गरेका हुन ।
आयाेजित कार्यक्रममा नेपाल स्वयंसेवक संघ केन्द्रिय अध्यक्ष खेमराज पौडेल, कपिलवस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरे, कपिलवस्तु नगरपालिका सामाजिक बिकास शाखा प्रमुख पदम श्रेष्ठकाे आतिथ्यता, १ का वडासदस्य शुसिला धाेबी, संघको कपिलवस्तु जिल्ला अध्यक्ष गिरिजेसशरण चाैधरी, संघको कपिलवस्तु नगर सल्लाहकार माधुरी श्रेष्ठकाे अध्यक्षता, बाणगंगा नगर सचिव कल्पना कुवर, लगायत उपस्थिति रहेको थियाे।
कार्यक्रमलाई सम्बोधन गर्दै सफलताको शुभकामना मन्तव्य दिएका थिए, त्यस्तै संघका केन्द्रीय अध्यक्ष समेत रहेका खेमराज पौडेलले शुभकामनामा “यत्र नार्यास्तु पुज्यन्ते रमन्ते तत्र देवता,, यसको महत्व प्रकाश पार्दै हरी तालिका तीज पर्व विबाहित महिलाहरुको लागि कठिन परीक्षाको रुपमा रहेको बताएकी छीन । पति, परिवार र संतानको सुख शांति सुस्वास्थ्य दीर्घायुको कामना गर्दै तीज पर्व मनाउने गरेको उल्लेख गरे विबाहित महिलाले पतिको लामो उमेरको कामना तथा संतानको जीवनको रक्षा र जीवन भरी सुहागन रहने कामना गर्दै भगवान शिवको उपासना गर्ने पर्व तीज रहेकोले सवै दीदी बहिनीले राम्रो संग शांतिपूर्वक पर्व मनाउनु पर्ने बताए । देशभर एकैसाथ ७५३ वटा पालिकामै संघले विस्तारै गति लिदै साथैे नेपाल स्वयंसेवक संघको उदेश्य माथि पौडेलले प्रकाश पारेका थिए । कपिलवस्तु नगरपालिका ३ का वडाध्यक्ष गैरे, र सामाजिक बिकास शाखा प्रमुख श्रेष्ठले साथै संघका जिल्ला अध्यक्ष गरिजेशसरण चाैधरी र बाणगंगा नगर सचिव कल्पना कुवरले शुभकामना दिनुभएको थियाे।
आमा समुहको स्वागत मन्तब्य र कपिलवस्तु नगर सचिव जुनु शाही संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























