काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ। रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको रिजालका साथी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दक्ष पौडेलले पुष्टि गरे। पौडेलका अनुसार डेंगु सङ्क्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। रिजालको उपचारको क्रममा निधन भएको हो।
नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति हुन्। रिजालले घरदैलोमै पुगेर जनतालाई सेवा दिने भएकाले लोकप्रिय थिए। काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकमा मेयर बालेन शाहसँग प्रतिवादमा उत्रिए पछि रिजाल चर्चामा आएका थिए। महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























