चन्द्रौटा,कपिलवस्तु । शिवराज नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुले गत आर्थिक बर्ष २०७९।८० मा सम्पन्न गरेका कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा गरिएको छ ।

नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा गोष्ठीमा  शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी  भट्टराइले आमा सुरक्षा कार्यक्रमको यातायाता सुविधा निरन्तर प्रवाह भएको,खोप कार्यक्रम नियमित संचालन भएको र प्रभावकारी देखिएको बताए । भट्टराईले खोप संचालनहुने स्थानमा भौतिकपुर्वाधारको अभाव देखिएको र सुधार गर्दे लगिने बताए ।

 शिवराज नगरपालिका भित्र गत आर्थिक वर्षमा संस्थागत प्रसुति सेवा केन्द्रमा (बर्थिङ्ग सेन्टरमा) १०१५ जनाको शिशुको जन्म जसमध्य  ४८९ छोरी ५२६ छोराको जन्म भएको र होम डेलीभरीलाई शून्यमा लाने लक्ष्य रहेको र नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य केन्द्र र ईकाईहरुले स्वास्थ्य शाखामा आफ्नो स्वास्थ्य विवरण पठाउने गरेको बताए ।

शिवराज नगरपालिकामा ११ वटा स्वास्थ्य चौकी, १ वटा सामुदायिक स्वास्थ्य ईकाई संस्था, १ वटा सहरी स्वास्थ्य किल्निक केन्द्र, २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ६ वटा बर्थिङ सेन्टर , ४७ वटा खोप क्लिनिक र ३९ वटा गाउँघर क्लिनिक रहेका छन् ।

उक्त अवसरमा ११ वटै वडामा रहेका स्वास्थ्य केन्द्र र ईकाईका प्रमुखहरु आफ्नो स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०७९।८० मा स्वास्थ्य सुचकहरुको अवस्था, स्वास्थ्य संस्थाको विवरण, भौतिक अवस्था, मानव संसाधन, बार्षिक रुपमा देखा परेका प्रमुख स्वास्थ्य समस्याहरु,स्वास्थ्य सुचनाको व्यवस्थापनको वर्गीकरण लगायतका विषयमा जानकारी गराएका थिए ।

उक्त अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिवगढी स्वास्थ्य चौकीका प्रमुख विष्णु क्षेत्रीले शिवराज नगरपालिका वडा न ९ मा होम डेलीभरी शून्य रहेको र स्वास्थ्य व्यवस्थापन प्रणालीको विषयमा स्वास्थ्यकर्मीहरुलाई तालिम उपलब्ध गराउना सके सेवा स्वत प्रभावकारी हुने बताए ।

 त्यस्तै शिवराज स्वास्थ्य चौकी निमित प्रमुख दान बहादुर हामलले पछिल्लो समय अन्य रोगहरु जस्तै मानसिक रोगीहरुको संख्या पनि बढ्न थालेकाले यसको नियन्त्रणका लागि परामर्श आवश्यक रहेको बताए । स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा सुविधा केही थप भएको भन्दै ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको घरमै गएर स्वास्थ्य चेकजाँच गर्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिने बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराइले विपन्न नागरिक स्वास्थ्य उपचार अन्तर्गत नगरपालिकाबाट ५० जनालाई आर्थिक सहयोग गरिएको जानकारी गराउँदै बार्षिक प्रगती विवरण, सुरक्षित मातृत्व कार्यक्रमका बारेमा जानकारी गराए ।  उनले नगरपालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या  ५१८  रहेकोले  जनचेतनाका कार्यक्रमहरु गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नगरपालिकाका निमित प्रमुख प्रशाशकीय अधिकृत ताराचन्द्र चौधरीले अहिले आँखा पाक्ने रोगको संक्रमण रहेकोले सचेतना मूलक कार्यक्रमलाई प्राथमिकतामा राखि संचालन गर्नुपर्ने बताए । कार्यक्रमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले घरमा हुने डेलिभरीलाई शून्य बनाउन र समिक्षामा उठेका विषय वस्तुलाई प्रतिवेदनको रुपमा पेस गर्न स्वास्थ्य शाखालाई निर्देशन दिए ।

समिक्षा गोष्ठी कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा सामाजिक विकास शाखा संयोजक टेकलाल सापकोटा  लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्णीमा खनालले गरेकि थिन ।