कमल बिस्ट, कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका ४ नम्बर वडा बनकट्टीमा नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल महिला संघ शिवराज नगरपालिका ४ नम्बर वडाको वडा स्तरीय भेला वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।

भेलाले कमला अर्यालको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको हो, जसको उपाध्यक्षमा मनु राउ मगर, सचिव कमला ओझा जिसी, सह-सचिव साबित्रा पौडेल, कोषाध्यक्ष इन्दिरादेवी घिमिरे रहनुभएको छ भने सदस्यहरूमा पुष्पा विश्वकर्मा, विमला जिसी, मिना थकाली, नानु सुनार, अक्तारी बेगम, लक्ष्मी बोहरा, तराबुन निशा, कृष्णकुमारी गाहा, दुर्गादेवी सुनार, सीता सुनार, सबित्रीदेवी शर्मा र लक्ष्मी कुमाल रहेका छन् ।

कार्यक्रमका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै आधा आकाश ढाकेका महिलाहरू चुलो चौकोमा मात्र सिमित नभै राज्यका हरेक अंगहरूमा अर्थपूर्ण उपस्तिथि जनाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने नेकपा एमालेको राष्ट्रिय आकान्छा पूरा गर्न भूमिका खेल्नुपर्नेमा जोड दिदै नव गठित कमिटी लाई सफल कार्यकालको शिभकामना दिए ।

अनेम संघ नगर कमिटी अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षता, अनेमसंघ जिल्ला कमिटी सचिव लक्ष्मी हमालको प्रमुख आतिथ्यता, नेकपा एमाले शिवराज नगर कमिटी उपाध्यक्ष महादेव पोख्रेल, अनेम संघ जिल्ला कमिटी सदस्य गङ्गा घर्ती मगर, नेकपा एमाले ४ नम्बर वडाका वडा कमिटी अध्यक्ष इश्वरीप्रसाद खनाल, जिफन्ट जिल्ला सचिव मोहन केसी लगायतको आतिथ्यता रहेको कार्यक्रम नगर कमिटी सचिव कमला डुम्रेको सन्चालनमा सम्पन्न भएको थियो ।