कमल बिष्ट, कपिलवस्तु । नेकपा एमाले शिवराजले नेकपा एमाले लुम्बिनी प्रदेशको भदौ १६ देखि १८ गते सम्म, बुटवलमा हुने प्रथम प्रदेश अधिवेशनका लागि शिवराज नगरपालिका बाट प्रतिनिधि छनाेट सम्बन्धि तालिका सार्वजनिक गरेको छ ।

नेकपा एमाले शिवराजले प्रतिनिधि छनोट निर्वाचन कार्यक्रमका लागि संयोजकमा नेकपा एमाले शिवराज नगर कमिटी उपाध्यक्ष महादेव पाेखरेल रहनुभएको छ, त्यस्तै सदस्यमा नगर सचिब शरद अधिकारी र सदस्य शम्भु सेन रहेको प्रतिनिधि छनोट निर्वाचन कार्यक्रम सार्वजनिक गरोएको हो ।

प्रतिनिधि छनोटका लागि मतादाता नामावली सार्वजनिक २०८० भदौ ६ गते , प्रतिनिधिको लागि मनोनयन दर्ता  भदौ ८ गते बिहान ८ बजे देखि  १ बजे सम्म, दाबी बिरोध  भदौ ८ गते २ बजे सम्म, उम्मेदवारी फिर्ता  भदौ ८ गते ५ बजे सम्म,
अन्तिम नामावली सार्वजनिक भदौ ८ गते ७ बजे सम्म ,
मतदान कार्यक्रम २०८० भदौ ९ गते बिहान ८ बजे देखि २ बजे सम्म र  उमेदवारले उम्मेदवारी शुल्क रु.३०० तोकिएको संयोजक महादेव पोख्रेलले जानकारी दिनुभयो, प्रतिनिधि छनोटका कार्यक्रमहरू व्यापार संघ कपिलवस्तुकाे सभाहलमा हुने नेकपा एमाले शिवराजले जनाएको छ ।