अनधिकृत संरचना हटाउन शिवराजको ७ दिने सूचना
कपिलवस्तु , असार १८
कपिलवस्तुकाे शिवराज नगरपालिकाले अनधिकृत संरचना खाली गर्ने सम्बन्धि सुचना निकालेकाे छ ।
शिवराज नगरपालिका वडा नं ८ अन्तर्गत काेटवा , पटपर , लक्ष्मणपुर र विलरहवाकाे बिचमा रहेको ८ नम्बर ऐलानी जग्गा मध्ये पश्चिम जग्गा श्री जनचेतना सामुदायिक विद्यालयले खेलमैदानका रुपमा प्रयोग गर्ने गरी मिति २०७९ साल चैत ३० गते ८ नं वडा अध्यक्ष रिजवान अहमदकाे अध्यक्षतामा अाम भेलाकाे निर्णय तथा ८ नं वडा कार्यालयकाे चं.नं ९५४ मिति २०७९ साल चैत ३० गतेकाे भाेगचलनकाे सिफारिस समेत बाट उक्त खाली जग्गा विद्यालयले खेलमैदानकाे रुपमा प्रयोग गर्दै अाइरहेकाे छ ।
उक्त जग्गामा केही स्थानीय व्यक्तिहरुले काठका खम्बा प्रयोग गरी अतिक्रमण गरेकोले विद्यालयले प्रयोग अाएकाे जग्गामा बनाईएका अनधिकृत संचालन हटाउन भनी श्री जनचेतना सामुदायिक विद्यालयकाे चं.नं २७३ मिति २०८० साल जेठ ३१ गतेकाे पत्रानुसार माग भइ अाएकाेले , उल्लिखित विद्यालयले प्रयोग गर्दै अाएकाे जग्गामा अनधिकृत रुपमा बनाइएको संरचना ७ दिन भित्र हटाउन खाली गर्न सुचना सार्वजनिक सुचना प्रकाशित गरिएको हाे ।
अनधिकृत ७ दिन भित्र अनधिकृत संरचना नहटाइएकाे खण्डमा कानुन अनुसार कार्यवाही गरेर संरचना हटाउने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























