दिपक खड्का

शिवराज नगरपालिकाको १३ ‍औ नगर सभाले शिवराज नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको आर्थिक विधेयक २०८० सर्व सहमत रुपमा प्रारित गरेको छ । मिति २०८० साल असार महिनाको १० गतेका दिन १३ औ नगर सभाले नदिजन्य पर्दाथ चोरी निकासीलाई निरुत्साहित गर्न ट्रेकटरलाई रु ५० हजार टिप्पर/ट्रकलाई रु १ लाख र जेसीभी वा ठुला उपकरणलाई रु १ लाख ५० हजार जरिवाना तिर्नुपर्ने आर्थिक विधेयक २०८० लाई अनुमोदन गरेको हो ।

उक्त कानुन नेपालको संविधानको धारा २२८ को उप धारा २ बमोजिम विधेयक बनाई लागु गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताए ।

शिवराज नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय १ अर्ब २७ करोड ८ लाख ५० हजार नगर सभाले प्रारित गरेको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

नगरपालिकाले सबै भन्दा बढि रकम शिक्षा तर्फ रु ८ करोड ३२ लाख विनियोजन गरेको छ । कृषि तर्फ १ करोड पशु तर्फ ५० लाख स्वास्थ्य तर्फ ३ करोड ५० लाख सामाजिक विकास तर्फ ५५ लाख रुपैया विनियोजित गरिएको पाण्डेले बताए ।