पत्रकार अधिकारी मृत फेला
काठमाडौं : पत्रकार सरोजराज अधिकारी सुन्धारस्थित एक होटलमा मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।
पत्रकार अधिकारी कात्तिक २१ गते निस्केर घर नफर्केपछि बुधबार श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्। प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा उनी पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
दुई दशकभन्दा बढीदेखि पत्रकारितामा सक्रिय अधिकारीले कान्तिपुर, नयाँ पत्रिका दैनिकका साथै नेपाल साप्ताहित तथा नेपाललाइभ डटकम लगायत सञ्चार माध्यममा काम गरेका थिए।
उनी चक्रव्यूहमा चन्द्रसूर्य, जासुसीको जालो, धम्बोजी, र रूपबजारकी नोरा पुस्तकका लेखक पनि हुन्।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















