छुट्टाछुट्टै घटनामा दुईजना घाइते
बैतडी : छुट्टाछुट्टै घटनामा परेर बैतडीमा दुईजना घाइते भएका छन्। ट्याक्टर दुर्घटना हुँदा एकजना र भीरबाट लडेर एक गरेर दुईजना घाइते भएका हुन्।
जिल्लाको मेलौलीबाट पाटनतर्फ आइरहेको सुपप्र ०१००२ त ४८०६ नम्बरको ट्याक्टर आइतबार पाटन–पञ्चेश्वर सडकअन्तर्गत बगडीखोला पुलबाट खस्दा चालक पाटन नगरपालिका-८ हरिचनका ३२ वर्षीय किशोर बिष्ट गम्भीर घाइते भएका छन्।
घाइते चालकलाई उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
यसैगरी सुर्नया गाउँपालिका-८ मा भीरबाट लडेर एक महिला गम्भीर घाइते भएकी छन्। स्थानीय २३ वर्षीया सरिता बोहरा बिहान घरनजिकैको राताकाठा भीरमा खर काटिरहेका वेला लडेर गम्भीर घाइते भएकी हुन्।
सरितालाई उपचारको धनगढी रेफर गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















