सुनकाे भाउ आज ताेलामा पाँच सयले घट्यो
काठमाण्डाै – हिजो बढेको सुनचाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । हिजो ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















