जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो अतिक्रमित टुकुचा
काठमाडौं : काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा (इक्षुमती नदी) फेला परेको छ। बिहीबार महानगरले नदी पत्ता लगाउन डोजर प्रयोग गरी खाेजेको थियो।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले कम्पाउन्ड खोतल्दै जाँदा उक्त खोला फेला परेको जानकारी दिए। ‘टुकुचा खोला फेला परेको छ,अब त्यहाँ खुला गरी खोलाको संरक्षण तथा व्यवस्थापन गरिन्छ,’ उनले भने।
महानगरपालिकाले अहिले पनि अनधिकृत संरचना हटाउने अभियान जारी राखेको छ।




















