तनहुँ : तनहुँको सदरमुकाम दमौलीस्थित भोर्लेटार चोकको एक होटलबाट ७५ हजार रुपैयाँ घुससहित शनिबार अमलेशकुमार निक्लम पक्राउ परेका छन्। उनी सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जामा कार्यरत रहेको खुलेको छ।

 

घुस मागेको सुचनाका आधारमा प्रहरी उनलाई पक्राउ गरेको र उनको साथबाट ७५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहन्छ। थप अनुसन्धन गरिरहेका छौं’, उनले भने। प्रहरी नायब उपरीक्षक खड्काको अनुसार स्याङ्जास्थित एक विद्यालय पुनर्निर्माणका क्रममा अन्तिम निकासाका लागि काम गरिदिन निक्लमले रकम मागेको बुझिएको छ।