हरि आचार्य, कपिलवस्तु ।
युग र जनताको माग अनुसार जनतालाई स्थानीय सरकारको महशुस गराउन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ ले अर्को उदाहरणिय कार्य गरेको छ । भौतिक विकास निर्माण मात्र नभई लक्षित वर्गका कार्यक्रमहरुलाई पनि संगसंगै अगाडि बढाउदै आएको वडा नं. ११ ले फेरी शैक्षिक क्षेत्रमा महत्वपुर्ण काम गरेको छ ।
एक कार्यक्रमको आयोजना गरि ओदारी माविलाई विभिन्न शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरिएको छ । वडाध्यक्ष सोमनाथ अर्यालले ओदारी मा बि का स्काउट विद्यार्थीहश्ररुलाई रु ५० हजार बराबरका दराज २ थान, भलिबल, नेट, ब्याडमिण्टन लगायतका शैक्षिक तथा खेलकुदका सामग्री वितरण स्काउट शिक्षक कमल घिमिरे र लिना श्रेष्ठलाई हस्तान्त्रण गर्नुभएको हो ।
सामग्री हस्तान्त्रण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष अर्यालले वडा भित्रका सम्पुर्ण विद्यालयहरुको शैक्षिक स्तर गुणस्तरीय बनाउन आफु लागिपरेको बताउनुभयो । वडाध्यक्ष अर्यालले वडाका सबै विद्यालयलाई समेटी वडाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले वालवालिकाहरुलाई शैक्षिक मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिय रुपमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।