कपिलवस्तु – कपिलवस्तुकाे शिवराज नगरपालिका वडा न.३खरेन्द्रपुर मा कृषि ज्ञान केन्द्र कपिलवस्तुको आयोजनामा बाली उपचार शिविर सम्पन्न भएको छ  । वालीनालीमा विभिन्न राेगहरू लागेका समयमा कृषकहरूलाई राेगकाे पहिचान गरि नियन्त्रणका उपाएहरू सिकाईएकाे छ ।शिवराज नगरपालिकाकाे वडा न.३ मा तरकारी खेतीकाे पकेट एरिया भएकाे हुनाले बिशेष फाेकस गरिएकाे हाे । शिविरमा कृषकहरूले राेग लागेका वालीहरू र पहिचानका लागि वालीमा लागेका किराहरू समेत ल्याउनु भएकाे थियाे ।शिविरमा वालीमा लाग्ने ९७ वटा रोगी बिरुवा परिक्षन गरियको राेगकाे पहिचान गरि बिषादि र भिटामिन वितरण गरिएकाे थियाे । कृषि ज्ञान केन्द्रको प्रमुख, ppo सत्यराम हरिजन,लवकुश प्र.कुर्मी, तारा चन्द्र चौधरी,परशुराम जैसवाल, चित्रा पोख्रेल,वडा नम्बर 3 को वडाध्यक्ष आदिको उपस्थिति रहेको थियो ।