चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्षमा नेपालको पनि हिस्सा भएको बताएको छन् ।
शुक्रबार चितवनमा एमालेको दशौँ महाधिवेशन उद्घान सत्रलाई सम्बोधन गरेका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले थुप्रै काम गरेको बताउँदै अब अन्तरिक्षमा नेपालको पनि हिस्सा रहेको दाबी गरेका छन् ।
उनले भने, ‘अब अन्तरिक्षमा पनि हाम्रो हिस्सा छ । अन्तरिक्षमा पनि नेपालले आफ्नो दाबी गरेको छ । समुद्रमा पनि हक छ । मलाई खुसी लागेको छ । समुद्रमा स्टिमर (डुंगा)मा यात्रा गरिहनुभएको छ । जलमार्गका सम्बन्धमा भारतसँग सहाकार्य भइरहेको छ ।’
वर्तमान देउवा सरकारप्रति अध्यक्ष ओलीले केही बोल्न चाहेनन् । ‘अहिलेको सरकारका विषयमा केही भन्न चाहन्न । प्रमुख अतिथी बनाएर उहाँको आलोचना गर्न चाहन्न,’ उनले भने ।