Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न तयार छौँ : उपप्रधानमन्त्री खड्का


संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न तयार छौँ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन्।

मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने माग र मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकूल नहुने गरी यी दुई कुराबाहेक सबै कुरामा सरकार संसद्‌मा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न तयार रहेको बताएका हुन्।

उनले छलफल र सहकार्यबाट सबै कुरा समाधान गर्न सकिने बताए। कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको वर्तमान अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकाले अहिलेको अर्थतन्त्रले धान्न नसक्ने मागलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारे।

उनले भने, ‘विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्‌मा दर्ता भइसकेको छ। सबैका सुझाव छलफल गरेर अहिले प्रस्तुत विधेयकमा धेरै हदसम्म समावेश गर्ने प्रयास गरेका छौँ। छलफल र सहकार्यबाट सबै कुरा समाधान गर्न सकिन्छ। अर्थतन्त्र अप्ठ्यारो र ऋणात्मक भएका वेला अर्थतन्त्रले धान्न नसक्ने माग र मुलुकको संविधानले व्यवस्था गरेको भन्दा परको माग बाहेक सबै कुरामा हामी छलफलबाट समाधान गर्न तयार छौँ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले शिक्षा क्षेत्रमा रूपान्तरणको आवश्यकता महसुस गरेको बताए। उनले प्राथमिक तहदेखि विद्यालय तहसम्मको भौतिक पूर्वाधार सुधार, पाठ्यक्रम परिमार्जन, अध्ययन, अध्यापनको पद्धतिमा सुधार, परीक्षा प्रणालीको नतिजा व्यवस्थापनमा सुधारका प्रयास भइरहेको पनि बताए।

उनले शैक्षिक कार्यतालिकालाई पूर्वानुमान योग्य बनाउने सन्दर्भमा समयमै भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरी विश्वविद्यालयहरूको एकीकृत र शैक्षिक कार्ययोजना तयार भएको बताए। उनले व्यावसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गर्दै प्राविधिक र व्यवसायिक शिक्षालयहरूको गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबैबाट यथेष्ट पहल हुनुपर्ने बताए।

उनले भने, ‘शिक्षा क्षेत्रमा रूपान्तरणको आवश्यकता महसुस गरिएको छ। प्राथमिक तहदेखि विद्यालय तहसम्मको भौतिक पूर्वाधार सुधार, पाठ्यक्रम परिमार्जन, अध्ययन, अध्यापनको पद्धतिमा सुधार, परीक्षा प्रणालीको नतिजा व्यवस्थापनमा सुधारका प्रयास भइरहेका छन्।’

तपाईको प्रतिक्रिया

संबन्धित खबर

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

लैंगिक हिंसा विरूद्धको दिवस: चन्द्रौटा चोकमा द्वीप प्रज्वलन गरि शुभारम्भ

ताजा समाचार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

पि.आर.सी द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात जना चेलीको उद्धार

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

आम्दा अस्पताल बुटवलमा सुत्केरीको ज्यान गएपछि आफन्तद्वारा डाक्टरमाथि कुटपिट

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

मदन भण्डारी राजमार्ग अन्तर्गत झापा–सुनसरी खण्डमा १४ वटा पुल निर्माण

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline