जगदीशपुर मावि प्रअ हसन निर्दाेष रहेकाे लडाई चाैधरीकाे स्विकाराेक्ति
कपिलवस्तु , कार्तिक १७ । जगदीशपुर विद्यालय घटनामा लडाई चाैधरीले बदनियतपुर्ण तरिकाले प्रअ मुनिजर हसनलाई बदनाम गराएकाे भनी प्रमाणित भएपछि माफी मागेका छन ।
हिजाे विजयनगर गाउंपालिकाकाे छानबिन समिति बैठकमा उपस्थित भुवनेश्वरी मावि जगदीशपुरका प्रधानाध्यापक मुनिजर हसन र लडाई चाैधरी बीच छलफल हुंदा चाैधरीसंग छ लाख रकम दिएकाे कुनै प्रमाण नरहेकाे र प्रअ हसन निर्दाेष रहेकाे निष्कर्षपछि आपसी सहमति गराइकाे छ।
केहीदिन पहिला वडा ३ मा रहेकाे भुवनेश्वरी मावि जगदीशपुरमा ल्याब असिस्टेन्ट पदकाे भर्ना गर्न आर्थिक चलखेलकाे समाचार विभिन्न संचारमाध्यममा आईरहंदा प्रधानाध्यापक मुनिजर हसनले पत्रकार सम्मेलन गरि आफुले कुनै प्रकारकाे रकम माग नगरेकाे सार्वजनिक रुपमा बताएका थिए र दाेषी भएकाे प्रमाणित भयाे भने कानुनमा रहेकाे सजाय प्रवधान सहर्ष स्विकार गरि प्रअ पदबाट समेत राजिनामा दिने बताएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद यादव,विजयनगर गाउंपालिका पदाधिकारी, प्रअद्वय तुल बहादुर थारु र सुदिप थारु लगायतकाे राेहबरमा लडाई चाैधरीले आफ्नाे छाेरालाई नियुक्त गर्न प्रअ हसनलाई कुनै रकम नदिएकाे स्विकार गरेका छन ।
विद्यालयले ल्याब असिस्टेन्ट पदका लागि लिईएकाे परिक्षामा कुनै विद्यार्थी पास नभएपछि पुन: १५ दिने अर्काे विज्ञापन गरेकाे छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























