कार्तिक ४ गते / संजीव गहतराज । अविरल वर्षाकाे कारण धान वालिमा पुग्न गएकाे क्षतिकाे विवरण संकलन गरि बुझाउनका लागि शिवराज नगरपालिकाले सुचना सार्वजनिक गरेकाे छ ।

नगरले हालै किसानहरूलाई सम्बाेधन गर्ने कार्य केही नभएकाे तर क्षतिकाे बिवरण संकलन गरी एकिन गर्नका लागि सुचना जारी गरिएकाे शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनु भएकाे छ। केन्द्र सरकार र प्रदेश सरकारले किसानहरूका लागि राहात प्याेज दिनेभएमा तथ्याङक एकिन गर्नका लागि विवरण संकलन गर्न लागिएकाे प्रमुख प्रशासकिय अधिकृतअर्यालले जानकारी दिनुभएकाे छ ।

कृषकहरूले धान काटेर उठाउन नपाउदै गत असाेज ३१ गते देखि अबिर वर्षा भए पछि काटेकाे धान खेतमै डुबेकाे छ । खेतमै डुबेकाे धान देखेर कृषकहरूकाे निद हराएकाे बेला शिवराज नगरपालिकाले धान बालिमा क्षति पुगेकाे विवरण संकलन गर्नु कृषकहरूले राहत महशुष गरेका छन ।