बेमौसमी तरकारी उत्पादनका लागि शिवराज नगरपालिकाद्धारा १० वटा पोली हाउस निर्माण ।
चन्द्रौटा । शिवराज नगरपालिकाले पालिका भित्र रहेका १० जना किसानहरुलाई पोली हाउस टनेल निर्माणका लागि २५ लाख अनुदान दिएको कृषि शाखा प्रमुख तारा चन्द्र चौधरीले बताए ।

शिवराज नगरपालिकाले किसानहरुलाई ष्लास्टिक टनेल हाउस स्थानिय कृषकहरुको व्यवसायिक प्रर्वद्धनका लागि बैमौसमी तरकारी खेतिको लागि इच्छुक किसानहरुलाई निवेदन मार्फत छनोट गरिएको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए ।

कृषि क्षेत्रमा आधुनिकरण गर्न प्लास्टिक टनेल घरको निर्माण गरिएको गरि खुला ठाउँमा गरिएको उत्पादन भन्दा बढी उत्पादन टनेलबाट लिन सकिने भएकाले किसानले यसबाट बढी फाईदा लिन सक्ने अधिकारीले बताए । ‘आर्थिक समृद्धिको लागि नगरपालिकाले युवा लक्षित स्वरोजगार कार्यक्रम संचालनमा ल्याएको छ’ उनले भने ‘जस अन्तरगत हामीले युवाहरुलाई कृषि सम्बन्धि तालीम, अनुदान मार्फत कृषि उपकरण वितरण गरिरहेका छौ अधिकारीले बताए।’ अधिकारीले शिवराज नगरपालिकामा ७३ प्रतिशत किसान कृषिमा लागेकाले कृषि क्षेत्रको विकास गर्नका लागि नगरपालिका लागिपरेको बताए ।

कृषि शाखा प्रमुख तारा चन्द्र चौधरीले थोरै क्षेत्रफलबाट बढी उत्पादन लिनको लागि पोली हाउस वितरण गरिएको बताए । उनले १२ मिटर चौडाई र १८ मिटर लम्बाईको भएको र नगरपालिकाको ७५ प्रतिशत लगानी र किसानको २५ प्रतिशतमा टनेल हाउस निर्माण गरिएको बताए ।
पोलीहाउस भित्र खेती गर्दा बेमौसममा बढी उत्पादन लिन सकिन्छ’ उनले भने ‘यस बिधिबाट साउन–भाद्र महिनामा पनि गोलभेडा उत्पादन गर्न सकिने भएकाले राम्रो मुल्य पाउन सकिन्छ ।’ पोलीहाउस प्रबिधिबाट बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने उनले बताए ।
प्रबिधिको प्रयोगले राम्रो मुल्य पाउने किसानको आशा ।
नगरपालिकाबाट पाएको प्लास्टिकबाट टनेल निर्माण गरेर बढी फाईदा लिन सकिने शिवराज नगरपालिका वडा न ३ का किसान सुदर्शन मल्लले बताए । उनले नगरपालिकाबाट टनेल निर्माण गर्न रु ३ लाख ६२ हजार रुपैया बराबरको अनुदान पाएको बताए । शिवराज नगरपालिका वडा न ५ बस्ने शाहउ चौधरीले पहिलो पटक टनेलमा खेतीको तयारी गरेको बताए । उनले टनेलको मुख्य फाईदा भनेको बेमौसमी उत्पादन गर्न सके राम्रो मुल्य पाईनु भएकोले आफु यो खेती तर्फ लागेको बताए । हाउसमा लगाएको विरुवा वाट ४५ दिनमा फल लिन सकिने र फलेको काक्रो र करेला देखेेर खुसि पाउने गरेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















