शिवराज,चन्द्रौटा शिवराज नगरपालिका वडा न २ लाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गरिने वडा अध्यक्ष राम बहादुर चौधरीले बताए ।
शिवराज नगरपालिका कृषि शाखाको आयोजनामा तरकारी खेती तथा घरेलु विषादीको प्रयोग सम्बन्धि स्थलगत तालिमा सहभागी अगुवा कृषकहरुलाई तालिमले कृषकहरुलाई बजार वाट तरकारी किन्ने पुरानो सोचलाई बदलिनु जरुरी रहेको चौधरीले बताए । यस तालिम वाट कृषकहरुले आफुलाई चाहिने तरकारी आफै उत्पादन गरि आत्म निर्भर हुन अहिलेको अवश्यकता रहेको चौधरीले बताए ।
तालिमा विषेश गरि नर्सरी व्यवस्थापन,घरेलु विषादी तथा मल निर्माण र प्रयोग र लहरे तरकारीमा थ्रिजि कटिङ्ग बारे तालिमका सहभागी जानकारी गराईएको कृषि शाखा अधिकृत ताराचन्द्र चौधरीले बताए ।
तालिममा २६ जना कृषकहरुको सहभागीता रहेको कृषि शाखाका प्रावधिक चित्रा पोखरेले बताईन् । कार्यक्रम संचालन पर्शुराम कलवारले गरेका थिए ।