गोपाल बन्जाडे । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले गहुँ पकेट क्षेत्रको अनुगमन गरेका छन् । शिवराज नगरपालिकाको कृषि शाखाले शिवराज नगरपालिकाको वडा न.७ मा २२ हेकटर क्षेत्रफलमा गहुँ बालिलगाइएको कृषि शाखाका प्रमुख तारा चन्द्र चौधरीले बताए ।
वडा न ७ का २२ जना किसानहरुको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा दिएको चौधरीले बताए । गहुँ पकेट क्षेत्र अनुदानका लागि १८ लाख रुपैया लगानि भएकोमा किसान हरुलाई बिउ बिजन र कृषि ओजारमा सहयोग गरेको बताए ।
शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले गहुँका लागि चाहिन जग्गा र उपयुक्त माटो भएकोले नगरपालिकाले अनुदान उपल्बध गराएको बताए । अधिकारीले कृषकहरु कृषि कार्य गर्न तत्पर भए नगरपालिकाले सहयोग गर्ने बताए ।
अधिकारीले शिवराज नगरपालिकाका विभिन्न वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दे लाने योजना समेत भएको बताए । शिवराज नगरपालिकाको वडा न १ तरकारी खेती वडा न २ माछा पालन वडा न ९ कुखरा र बाखा पालनको रुपमा विकास भएको र अन्य वडाहरुलाई पनि समेटने अधिकारीले बताए ।