चन्द्रौटा । विपन्न परिवारलाई रोजगारी तथा आयमूलक क्रियाकलापका माध्यमबाट सामाजिक तथा आर्थिक अभियानमा संलग्न गराउने उद्देश्यमा आधारित ‘गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत शिवराज नगरपालिकाको वडा न ८ मा एक दिने कृषि तालिम तथा सामाग्री वितरण गरिएको छ ।
विगत दुई वर्षदेखि सरकारले राष्ट्रिय योजना आयोगले विभिन्न आवधिक विकास योजनाले गरिबी न्यूनीकरणलाई प्रमुख मुद्दाका रुपमा राख्दै आएको छ । आयोगले चौधौँ योजनामा गरिबी न्यूनीकरण तथा मानव विकास सूचकांकअनुसार गरिबीको रेखामुनि रहेका जनसंख्यालाई २१.६ प्रतिशतबाट १७ प्रतिशतमा झार्ने लक्ष्य लिइएको थियो ।
तेह्रौँ योजनामामा राखिएका कार्यक्रमको प्रभावस्वरुप गरिबीको रेखामुनि रहेका जनसंख्या २३.८ प्रतिशतबाट १८ प्रतिशतमा झार्ने लक्ष्य राखिए पनि २१.६ प्रतिशतमा मात्र झरेको अनुमान राष्ट्रिय योजना आयोगको छ । कूल जनसंख्याको ५७ प्रतिशत जनता आर्थिकरुपले सक्रियजनशक्तिमध्ये न्यूनले मात्र मुलुकभित्र रोजगारी पाएका छन् ।
गरिबसँग विश्वेश्वर कार्यक्रम शिवराज नगरपालिकको वडा न ८ मा संचालन हुदै आएको कार्यक्रमको समाजिक परिचालक लक्ष्मी रेग्मीले बताइन् । कृषि तालिममा ६० जनाको सहभागीता रहेको र ३० वटा स्प्रे टेन्की २ वटा पम्पीसेट र बिउविजन वितरण गरिएको तारा प्रसाद भण्डारीले बताए ।
शिवराज नगरपालिका वडा न ८ का वडा अध्यक्ष शंकर अहिरको अध्यक्षता मा संचालन भएको कार्यक्रममा शिवराज नगरपालिकाक मेयर नेत्रराज अधिकारीको प्रमुख आतिथ्यिता रहेको थियो ।