शिवराज नगरपालिकाले विनियाेजित गरेकाे बजेट वाट स्माट कृषि गाँउ उमरीलाई रु ४ लाख ९१ हजार ५ सय बराबरकाे सामग्री वितरण गरेकाे शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा चन्द्र चाैधरीले बताए । सामग्री वितरण कार्यक्रमा शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुले कृषिमा यान्त्रिकरण गर्न स्माट गाँउका किसानलाई सामाग्री हस्तान्तरण गरिएकाे कपुरी अनलाईलाई बताइन् ।

परम्परागत खेती गर्दै आइरहेकाहरुले स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएपछि व्यवसायिक रुपमा खेती गर्न थालेकाे स्थानिय भगेलु थारुले बताए । नगरपालिकाकाे ७० प्रतिशत अनुदान र किसानकाे ३० प्रतिशत लगानीमा स्मार्ट कृषि गाँउका किसानलाई

पावर टिलर २० एच‍.पि,मिनि टिलर रिपर १ थान,दाैड रिपर ४ थान मल्चिड्ग २० राेल  वितरण गरिएकाे चाैधरीले बताए । जसका कारण आफूहरुको आम्दानी बढेको उनीहरुको भनाई छ । प्रदेश ५ सरकारले २०७५ सालमा कृषिको पकेट क्षेत्र विकास गर्ने योजनाअन्तर्गत शिवराज नगरपालिका वडा न. १  गाउँलाई स्मार्ट कृषि गाउँमा परिणत गर्ने योजना अगाडि बढाएको थियो ।