Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

कोरोना भाइरस भन्दा खतरनाक छ जातिय विभेद


 

कपिलवस्तु,बिन्दबासिनी

हालमा रहेको महामारी विश्वब्यापी रुपमा कोरोना भाईरस ९कोभिड १९० नेपालमा पनि प्रभाव पारेको कुरा सर्वाविधितै छ । तर त्यस वाट बच्नको लागि हामी बिभिन्न सावधानीहरु अपनाई रहेको छौ जुन कि हामीहरुको क्षमता भन्दा बाहिरको कुरा पनि हुन सक्छ । र कोरोना भाइरस भन्दा धेरै नै शक्ति शाली खतरनाक जातिये बिभेद रहेको छ । जून कि हामीहरुको हातमा छ यहाँको नीति नियम र कानूनमा रहेको छ । त पनि कोरोना भाइरस भन्दा धेरै खतरनाक जातिय विभेद सवित हुदै देखा परेको छ ।
कोरोना भाइरस देश विदेश भरीमा रहेको छ । जुन कि गरिब दलित विपन्न र विदेशमा रही काम गरी रहेका ब्यक्तिहरुहरुमा धेरै नै देखिएको छ । यस देशमा रहेका उच्च कथित ब्यक्तिहरुको उपज बाट जातिय विभेद तथा छुवाछुत २१औं शताब्दीमा पनि रहेको छ । यो कोरोना भाइरसले लगभग २ महिनाको दौरनमा विभेदको अर्थ एव नकारात्मक असर धेरै नै महसुस गराई सकेको छ । तर उच्च कथित जातिहरु जातिय विभेद अन्त्य गर्नु भन्दा धेरै नै यो लकडाउनमा देखा पारेको छ । हाल सम्म देश भरीमा कोरोना संक्रमित ४९३ जना छन भने मृत्यु भएको ३ जना रहेका छन तर अहिले गरिब दलित विपन्न दोहोरो मारमा परेका छन । पहिलो त कोरोना भाइरसले गर्दा भएको लकडाउनको कारण भुखमारीले सप्तरीका मलरा सदा लगायत २ जनाको मृत्यु भएको र दोस्रो जातिय विभेद तथा लैगिंक हिंसा बाट दैनिक रुपमा पिडित भइरहेका छन । देशमा कुनै पनि बेला संकट आउदा सबै भन्दा बढी पिडित हुनेमा दलित समुदाय नै पर्छन । सोही सन्दर्भमा एक त दलितहरु गरिब विपन्न दोस्रो जातिय विभेद अछुतो अर्को तिर कोरोना भाइरसको कारणले भएको लकडाउनमा करोबार ज्याला मजदुरी कार्य गर्न पाउने स्थान नभएकोले पिडित रहेको देखिन्छ । तीन तरिकाको पिडामा पारेका छन । यस लकडाउन वाट हामी सवाधानी अपानाएमा बच्न सक्छौ तर जातिये बिभेद वाट हामी कसरी बच्न सक्छौ जुन कि दैनिक रुपमा यस्तो घटना भई रहेको छ । दलितहरुलाई गरिबीको बाध्यताले अन्य ठाउँमा आउन जान पर्दछ । नयाँ पत्रिका डेली डटकममा आएको समाचार अनुसार दलित संग प्रेम बिवाह गर्दा माईती पक्ष वाट युवतीलाई अपहरण गरेको घटना आएको छ । बागलुङ्गकी एक जना दलित युवती ३० बर्षीये सम्झाना किसान ९सार्की० लाई एक जना बाहुन केटा प्रहरी जवान राकेश तनहु घर भएको वहांले प्रेमको जालमा फसाएर २ बर्ष सम्मा उक्त युवतीलाई शारिरीक यातना दिई वहांलाई आत्म हत्या गर्न बाध्य बनाएको यो कुरा लक्ष्मी प्रसाद सुनार, दलित आत्मरक्षामा शेयर गर्नु भएको छ । भने अर्को उच्च जातिको केटी भगाएको भनेर एक जना दलित केटालाई प्रहरी चौकीमा यातना दिएको कुरा रातो गुरास डटकम वाट शेयर गरिएको छ । प्रेम त दुवै पक्षले गर्छन तर त्यसमा दलित तिरका केटा वा केटीलाई मात्र दोषी ठहर गरिन्छ किन हाल सम्मको अवस्था देखिएको छ । यो जातिय बिभेद होईन त के हो । कुनै पनि कार्यवाही दोषीलाई गर्नु पर्छ तर त्यस्तो हाम्रो समाजमा हुदैन दलितलाई हुन्छ । किनकी जातिय बिभेद अझै बिद्धमान रहेको देखिन्छ । लकडाउनकै बेलाको कुरा हो आक्षाममा नगरप्रमुखले क्वारेन्टलइमा राख्दा जातिय बिभेद गरेको थिए जुन यानासंचार डटकम बाट शेयर भएको थियो । भने अर्को स्यांङजामा नेपाली कांग्रेसवाट र्निवार्चित एक जना मेयर शिवकुमार गिरीले राहत थाप्न गएका दलित युवालाई मुख फुटाल्ने गरी हान्नु भयो फेसबुकमा आएको थियो जुन मायाराज निगमले आफ्नो फेसबुकमा शेयर गर्नु भएको थियो । जब भोट लिने बेलामा दलित अछुत हुदैन अरु समयमा दलित अछुत किन यो जातिय बिभेद होईन त के हो । दलित भएकै कारणले महिला माथि कुटपिट भएको थियो सेतो गुरास डटकम वाट शेयर भएको छ । भने कपिलबस्तुको मायादेबी गाउं पालिकामा एक जना दलित एकल महिलालाई कुटपिट भएको विषय मिडिया मार्फत आको  छ । दलित भएकै कारणले संस्कृत गुरुकुलमा दलित विद्यार्थिलाई भर्ना नगरिने न्यूज जल्दोबल्दो रहेको छ । तत्कालको घटना पोखराको एक जना दलित परिवारलाई क्रियापुत्री सार्वजनिक भवनमा कार्यक्रिया गर्न नदिएको पिडक पक्ष बाटै माननीय समेत विपक्षीको तर्फ बाट लडेको सवैमा सार्ववित्तितै छ । रुपन्देही जिल्लाका एक नेता संजय गुप्ताले भने कि दलित समुदायलाई धेरै अधिकार भएको काटनु पर्ने अब बाहुनले गएर दलितको घरमा भाडा मात्र सफा गर्नु पर्ने बाकी रहेकोछ लगायत दलित समुदायको भावनामा ठेस पर्यिाएको यस्ता मनुवादी विचार धाराका ब्यक्तिहरु रहेका छन दलित समुदायका मनोभवनालाई दबाउने कार्य गरेकोले गुप्तालाई कार्यवाहीका लागी विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी समेत माँग गरेका छन । यस्ता बिभिन्न घटनाहरु दिनहु घटिरहेको छ । जुन दलितहरुले भोग्दै साहदै आएका छन । कोरोना भाइरस भन्दा धेरै खतरनाक जातिय विभेद रहेको छ । यसका विभिन्न प्रकारका कारणहरु रहे पनि मुख्य कारण कथित उच्च जातिको नैतिकता नभएको देखिन्छ भने सोही उच्च कथित जातिहरुको नेतृत्वमा सरकार रहेको र कार्यान्वयन गर्ने पनि वहाँहरु नै हुन । सरकार बाट राम्रो पहल नभएको र दलितहरुलाई कमजोर बनाएर जाहिले पनि उच्च कथितहरुलाई मात्र राज्य सत्तामा भएको कारणले विभेद भएको छ । जातिय विभेद हुनुमा राज्य पक्ष मौन समर्थन, अलिखित वर्ण ब्यवस्थाको संरक्षक गर्दै आएको कारणले जातिय विभेदको अन्त्य भएको छैन । नेपालमा एक पटक मात्र दलित प्रधानमन्त्री भएमा र केही जना हिसावले न्यायधिश, एसपी, प्रमुख जिल्ला अधिकारी भएमा यो विभेद ६ महिना भित्र अन्त्य हुने छ दलित समुदायले विश्वास गरेको सुन्नि छ । समाज र राज्यले सजिलो तरिका बाट भनि रहेको छ कि हाम्रो समाजमा जातिय विभेद तथा छुवाछुत छैन । र संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक रहेको छ र जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ रहेको छ । राष्टिय तथा अन्तरराष्टिय कानून पनि दर्जनो नितिनियम कानून रहेको छ । कुनै पनि कार्यको दिवस एक बर्षमा एक पटक मनाउने गर्दछौ तर अन्तरराष्टि जातिय विभेद उन्मुलन दिवस र जेष्ट महिनामा राष्टिय जातिय विभेद दिवस मनाउने विभिन्न संघ संस्थाले गरेको छन तर स्थानिय सरकारले मनाउने गरेको छैन यस्तो पनि विभेद रहेको छ । यति हुदा हुदै पनि समाज बाट जातिय विभेद अन्त्य भएको छैन विभेद बढेको छ र स्वरुप फेरिएको छ । तर अहिले पनि यस समाजमा लुकेर भन्दा खुल्ला आम जातिय विभेद रहेको छ । संसारमा जाति कला छ सवै कलाको धनी दलित समुदाय नै हुन । दलित समुदायले मुर्ती र मन्दिर बनाउछन तर पुजा गर्न र पुजारी बन्न पाउदैन्न र सवैको घर वनाउछन तर आफनो घर हुदैन, कपडा सिउछन गारगहना बनाउछन तर आफू संग हुदैन, हात हथिहार बनाउछन तर आफनो सुरक्षाका लागी राख्न पाउदैन्न, दिन रात खेती पाती गरेर उपाजनी गर्दछन तर आफु संग खेत छैन, सवैको लागी मनोरञ्जन गर्न गीत कला गला भए पनि अरुको सोभा र सम्मानका लागी गीत गईरहेका चलचित्रमा मनोरञ्जन दिईरहेको २१औं शताब्दीमा पनि समाजमा सम्मान हुदैन । अहिले जातिय विभेद संवैधानिक ब्यवस्था भए पनि समाजमा वर्ण ब्यवस्था अनुसार ब्यवहार समुदाय देखि संघ सरकार सम्म देखिन्छ । यी दलितहरुलाई समाजमा अछूत भएर चिनाउछ । यो क्षमता र कर्मको आधारमा नभई धर्म, जाति बर्ग, लिङ्गको आधारमा हिंसा र बिभेद भई रहेको छ ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

वडाध्यक्ष अर्यालद्धारा स्काउटका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

वडाध्यक्ष अर्यालद्धारा स्काउटका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

शिवराज ३ मा बाली उपचार शिविर सम्पन्न

शिवराज ३ मा बाली उपचार शिविर सम्पन्न

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु

तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु

सन्धिखर्क नगरपालिका वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको उदघाटन सम्पन्न

सन्धिखर्क नगरपालिका वडा न.३ को वडा कार्यलय तथा बराहनेटा आधारभुत स्वास्थ केन्द्र भबनको उदघाटन सम्पन्न

सर्वोच्च अदालतलद्वारा पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी

सर्वोच्च अदालतलद्वारा पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline