चन्द्राैटा, कृष्ण गैरे
चिनको वुहानवाट फैलिएको कोरोना भाईरस (कोभिड १९)कारण यतीवेला विश्व नै लकडाउन अर्थात वन्दावन्दीको चपेटामा छ । कोरोनाको कारण विश्वमा अरवौ मानिसहरु घरभित्रै सिमीत भएका छन । करोडौ मानिसहरुले रोजगारी गुमाएका छन । लाखौ उधोग कलकारखाना प्राय ठप्प छन । कोरोना महामारी अन्तय कहिले र कसरी हुने भन्ने अन्यौलता कायम नै छ ।
खोप तथा औषधिहरु निर्माणको क्रममा रहेका छन । सायदै विश्वका वैज्ञानीकहरुले खोप तथा औषधिको विकास गर्लान र विश्व पहिलेकै दिनमा फर्किएला । नेपालले पनि झण्डै दुई महिना देखि लकडाउनको सामना गरिरहेको छ । दुई महिना देखि देशमा आर्थिक , प्रसाशनिक , विकास निर्माण लगाएतका कामहरु ठप्प भएका छन ।
तिव्र विकासको चाहाना वोकेको नेपाल जस्तो देशमा कोरोना महामारीले आर्थिक विकासमा जटिलता उत्पन्न गराएको त छनै , दैनिक काम गरि खाने अतिविपन्न , विपन्न एवंम मध्यम वर्गका मानिसहरु पनि ठुलो आर्थिक चपेटामा पर्ने देखिन्छ । वैदेशिक रोजागारीले धानीएको हाम्रो समाजमा यसले ठुलो असर सिर्जना गर्ने पक्का पक्की जस्तै छ । रोजगारीका लागी विदेशिएका नेपाली नागरिकहरु स्वदेश फर्कने दिन हेरेर वसिरहेका छन ।
वैदेशिक रोजगारीवाट प्राप्त भएको रेमिटान्सले धानिएको मुलकमा यसले थप अप्ठयारो स्थीती सिर्जना गर्ने छ । किनकी उनीहरुको आगमन संगै देशमा गांस, वास र रोजगारीको संकट निम्तिन सक्ने छ । आज पनि हामी धेरै कुराहरुमा आत्मनिर्भर छैनौं , आयतमा निर्भर रहेका छौ । वैदेशिक रोजगारीवाट प्राप्त भएको रकमले सानो ठुलो आवश्यकताहरु आयतवाटै उपभोग गरिरहेका छौं । केहि वर्ष अगाडी हामीले आफै उत्पादन गरि खाने तरकारी खाधयन्न लगाएतका वस्तुहरु पनि अहिले हामी खरिद गरेर खाने वानी वसालेका छौ । पैशा भएपछि सुख भोग गर्न सकीन्छ भन्ने मानसिकताले हामीलाई चारैतिरवाट घेरिएको छ । यसकै असरले पछिल्लो केहि दशक यता हामीले हाम्रा खेतवारीहरुलाई वाझै राखेर आयात गरि खाने वानीको विकास गरेका छौ । अव हामीले अहिलेको विधमान चुनौतीलाई अवसरको रुपमा परिणत गर्न उचीत योजना वनाई अगाडी वढनुपर्दछ ।
सकरात्मक संकेतहरु
कोरोना महामारीले निम्ताएको लकडाउन सुरु भएयता आत्मनिर्भर वन्ने तर्फ केहि सकारात्मक संकेतहरु देखा पर्न थालेका छन । सहर वजारमा व्यापार व्यवासाय गर्नेहरु देखि रोजागारी गर्नेहरु अहिले आफनो घरवरीपरिको करेसावारीमा साझ विहान काम गरिरहेको देख्न सकीन्छ । करेशावारीमा तरकारी तथा फलफुल आफैले उत्पादन गरि खानु पर्छ भन्ने मान्याताको विकास भएको देख्न सकिन्छ ।
त्यसैले होला आज भोली साझ विहान धेरैले आफनो करेसावारीमा सव्जी लगाउने तथा तरकारीको स्यारसुसार गरिरहेको देख्न सकिन्छ । धेरैको मुखवाट अहिले खेतमा आफै खेती लगाउनुपर्छ भन्ने कुरा सुन्न सकिन्छ । यो पक्कै पनि आत्मनिर्भरको दिशा तर्फ अघि वढनको लागी सकारात्मक पाटो हो ।
चुनौतीलाई अवसरमा वदलौं
लकडाउनले पक्कैपनि धेरै नेपालीलाई समस्या सिर्जना गरेको छ । दैनिक रुपमा आर्जन हुने आर्थिकपाटाहरु वन्द छन । घरमा के गर्ने, कसरी वस्ने, कति मोवाइल र टिभि हेर्ने भन्ने हामीलाई लागिरहेको छ । तर अव आत्म निर्भर तर्फ अगाडी वढनको लागी यो चुनौतीलाई हामीले अवसरको रुपमा वदल्न सक्ने योजनाहरु निर्माण गर्ने तर्फ सोच्न जरुरी रहेको छ ।
लकडाउनको पुर्ण पालना गरेर सामाजीक दुरी कायम गरि आफु सुरक्षीत भएर माथि भनिए जस्तै खेतवारीमा उत्पादनमुलक काम गर्ने वानीको विकास गर्ने तर्फ अगाडी वढेयौ भने भविष्यमा निम्तीन सक्ने आर्थिक संकटवाट थोरै भएपनि टेवा पुन्न सक्नेछ । संकटले आत्मनिर्भरता तर्फ अवसर सिर्जना गर्दछ । त्यसले गर्दा पनि असहज परिस्थीतीमा सचेतनाका साथ अगाडी वढने पाठ कोरोनाले सिकाएको छ ।