चन्द्राैटा दिपक खड्का
नेपाल र भारतमा लकडाउन संगै दुई देश बिच नेपालले भारतीय जनतालाई र भारतले नेपाली जनतालाई क्वारेन्टाईन गर्ने सहमती भएको हो । भारतका उच्च अधिकारीले नेपालीलाई भारतमा बस्ना मिलदैन भनि शिवराज नगरपालिका वडा न १० का राजेश चौधरीलाई नेपाली सिमामा अलपत्र छाेडेकाे उनको मामा रामलखन चौधरीले बताए । नेपालमा रहेको कम्यिुनिष्ट सरकारलाई बदनाम गराउना भारतले यस्तो व्यवहार गरेको जानकार हरु बताउछन । भारतमा अलपत्र परेका नेपालीहरु लाई बिना परिक्षण नेपालको सिमामा ल्याई छोडनु डब्लु एच ओ को नियम विपरित भएको र संक्रमित भएका व्यक्तिहरु लाई असुरक्षित यात्रा गराउना नहुने प्रदेश न ५ का मुख्य मन्त्री शंकर पोखरेलले समेत आलोचना गरेका छन् । लकडाउनको समयमा लुकिछिपी नेपाल आउने व्यक्ति हरु संग भारतीय प्रहरीले पैसा लिई नेपालमा पठाउने गरेको विषय अत्यन्त दुखद भएको पुर्व मन्त्री इश्वर दयाल मिश्राले बताए ।
जमातीको हल्ला
विश्व भरी कोरोना भाईरस कोभिड १९ को प्रकोप बढदै गएको बेला भारतले जमातीमा कोरोना भाईरसको संक्रमणको त्रास देखाउदै भारतको बिजेपी मोदी सरकारले एउटा समुदायलाइ लक्ष्ति गरि खुब प्रचार प्रसार गर्याे । नेपालको मिडियाले कुनै पनि सुराकी नपाउने तर भारतिय मिडियाले नेपालको ठाँउ सम्म किटान गरि जमाती लुकिछिपी बसेको समाचार सम्प्रेषण गरि नेपालमा जातिय विवाद बढाउने निति अगाडी सारेको देखिन्छ । भारतले लकडाउनको समयमा बिना चेकजाँज नेपाल पठाउनुले उसको नियत स्पष्ट देखिन्छ ।
कोरोना संकट
चीनको बुहान शहर वाट शुरु भएको कोरोना भाइरस कोभिड १९ नेपाल सम्म आइ पुगना ६ महिनाको यात्रा तय गरेको छ । अहिले यो रोकको संव्रmमणले धैरे व्यतिmहरुले आफनो ज्यान गुमाएका छन । विस्तारे विस्तारे रोगको संक्रमणले विकराल रुप लिने आकलंन गरिएको छ । यो रोग भारत नेपाल खुल्ला सीमानाले गर्दा रोजगारीको शिलशिलामा भारतमा रहेका नेपालीहरु घर फर्कने लहरले भारत वाट संक्रमित भई आउने डर त्रास नेपालमा आम जनमानसमा देख्ना पाइन्छ । भविष्यमा यस्ता समस्या वाट जुदध्न नेपालको समिानामा काडे तार वा पर्खाल लाउने चर्चा चलना थालेको छ ।
सीमा विवाद
लिम्यिाधुरा देखि लिपुलेक सम्मको ३७२ वर्ग किलोमिटर मात्रै नभई नेपालको ७१ स्थानमा भारतले सीमा अतिक्रम्र गरेको छ । भारतको सीमा जोडिएको २६ जिल्ला मध्ये २३ जिल्लमा सीमा मिचेको छ ।
लिपुलेक तथा लिम्यिाधुरा
भारत र चिनले सन् २०१५ मा दुई देशिय व्यापारका लागि एउटा सझौता पत्रमा हस्ताक्षर गर्याे जस्को सुइको सम्म नेपाले पाएन । बोलीमा चिन र भारतले नेपाल मित्र राष्ट्र भने पनि दुबैको व्यावहार फरक दैखिएको छ ।
प्रकोप र विपद्धहरुमा भु भाग मिच्ने मौक छोपेको कस्तो छिमेकी हो भारत भुकम्पको समस्यामा जुझदै गरेको नेपाललाई लगाएको नाकाबन्दी र तराई क्षेत्रमा पटक पटक गरने दमनले उसको नियत झलक्नै गरेको छ । भारत सरकारले जम्मु कश्मीरलाई केन्द्र शासित प्रदेशमा बनाएपछि नयाँ नक्सा जारी गरेको लिपुलेक र कालापानी क्षेत्रलाई भारत तर्फ संग जोडी नक्सा सावर्जनिक गरेको हो । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले भने कालापानी र लिपुलेकको विषय मन्त्रालयक सचिवस्तरीय संयुक्त आयोगलाई हेर्ने जिम्मा नेपाल र भारत सरकारले परराष्ट्रलाई दिएको छ । लिपुलेख माथि भारतले सन् २०१५ देखि गिद्धे नजर राखि नेपाल सरकारलाई थाहै नदिई भञ्याङलाई दुई देशबीचको व्यापारिक नाका बनउने चीन र भारतले सम्झौता गरेका थिए । नेपालले उक्त समझौता सच्याउन र नेपालको अनिवार्य साझेदारीको विषय अगाडी सारेको थियो । नेपाल र भारत बिच कालापानीको मुहान विषयमा विवाद कायम रहेको छ ।
सीमा मिच्ने खेल
जब भारत र चीन बिच मनमुटाव शुरु भयो र चीन भारत सन् १८६० मा युद्धको शुरुवात संगै भारतका सैनिक काली नदी पार गरि नेपाली भुमि अतिवmम गदै अगाडी बढयो । अतिव्रmम गरि लपिुलेक आइपुगेका भारतिय सैनिकले बगीरेहेको खोलालाई काली नदी भनि एकतर्फी प्रचार प्रसार गरि लिम्पियाधुरा देखि लिपुलेक सम्मको ३९० वर्ग किलोमिटर अर्थात चितवन राष्टिय निकुन्जको आधा भाग पर्ने जग्गामा भारतियले बंकर सहित फौज तैनाथ गर्ने दुरसाहस पनि गर्याे । अहिले पनि भातिय फौज सो क्षेत्रमा परेड खेलिरहेको छ । सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो र कालीनदी नै नेपाल भारत सिमाना हो ।
आगामी दिनमा नेपालले के गर्ने
अब आगामी दिनमा नेपालले सोचने बेला आएको छ । भारत संग रोटी बेटीको सम्बन्ध भन्दा माथी उठी सह अस्तिव र नेपाल भारतको सानो भाई भन्दा पनि राष्ट्र हिसाबले बराबरी हैसियत भएको मुलुक हो भन्ने भारतलाई बुझाउन सक्नु पर्छ । यता चीन पनि नेपाललाई सहयाेग गरे जस्ताे गर्ने र भित्र वाट भारत लाई सहयाेग गरेकाे देखिनेछ । नेपालका नेता आफनो कुर्सी बचाउने लेनचौर धाउने प्रवृति नेताहरुले त्यागना अब जरुरी छ । कोरोना महामारीले नेपाल अवसर पनि दिएकोले अब तत्काल सिमानामा काडे तार वा पर्खाल लगाउना नेपली नेताहरु एकमत हुनु पर्छ ।