Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

ह्याचरी वाट चल्ला उत्पादन शुरु


काठमाडौं ।
लकडाउन खुकुलो भएसँगै ह्याचरीले चल्ला उत्पादन गर्ना थालेका छन । लकडाउनका कारण पोल्ट्री व्यवसाय कृषिक्षेत्रकै सबैभन्दा बढी मारमा परेको थियो भने ह्याचरी उद्योगहरूले दैनिक ६ लाख चल्ला नष्ट गर्दै आएका थिए ।
देशभरका ३२४ ओटा ह्याचरीमार्फत ब्रोइलर, लेयर्स र कलरब्रोइलर आदि गरेर हरेक हप्ता करीब ४२ लाख नयाँ चल्ला उत्पादन हुने गर्दछन् । ह्याचरीहरूले लकडाउनका कारण सबैजसो चल्ला नष्ट गरिरहेका थिए ।
तर अहिले लकडाउन केही हदसम्म खुकुलो भएसँगै ५० प्रतिशतभन्दा बढी चल्ला विक्री भइरहेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिए । अब आइतवारदेखि यो परिमाण बढेर शतप्रतिशत पुग्न सक्ने अनुमान रहेको उनले बताए ।लकडाउन शुरू भएदेखि धेरैजसो व्यवसायीले आफ्ना खाली भएका खोरहरूमा कुखुरा हाल्न नसक्दा र भएका कुखुरा पनि सकिँदै गएकाले अहिले त्यसको असर मासुको मूल्यमा परिरहेको मासु व्यवसायीहरू बताउँछन्, जसले गर्दा कुखुराको मासुको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ ।
मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीका अनुसार वैशाख १६ गते प्रतिकिलो २५० रुपैयाँमा विक्री भइरहेको मासुको मूल्य २४ गते २७० हुँदै २७ गतेसम्म आइपुग्दा ३०० रुपैयाँ कायम भएको छ । अहिले कुखुराको उत्पादन नै घटेकाले मासुको मूल्य अझै बढ्न सक्ने व्यवसायीको अनुमान छ ।
सामान्य अवस्थामा देशभर दैनिक रूपमा ५ लाख किलो मासु खपत हुन्छ, जहाँ काठमाडौं उपत्यकामा मात्र साढे २ लाखदेखि ३ लाख किलो मासुको खपत हुने गर्दछ । तर अहिले उपत्यकामा मासुको विक्री ३० प्रतिशत मात्रै छ ।
लकडाउन शुरू भएदेखि स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्रका मासु पसल बिहानको समयमा मात्रै खोल्ने अनुमति दिएको भए पनि शनिवारदेखि बिहान र बेलुका दुवै समय खोल्न दिएकाले मासुको विक्री विस्तारै बढ्न सक्ने अनुमान व्यापारीहरूले गरेका छन् । विगत एक हप्तादेखि अण्डाको खपत बढेसँगै मूल्य समेत बढेकाले अण्डा व्यवसायीलाई केही राहत मिलेको अण्डा उत्पादक संघले बताएको छ । लकडाउन शुरू भएको दोस्रो सातामा १५० रुपैयाँ प्रतिक्यारेट रहेको अण्डाको मूल्य अहिले बढेर २८० रुपैयाँ पुगेको छ । त्यसबेला अण्डाको गेट मूल्य घटे पनि बिचौलिया र व्यापारीले ग्राहकसँग भने मूल्य नघटाई बेचेको संघले बताएको छ ।
लकडाउन खुकुलो हुँदा कुखुरा र अन्य आवश्यक कच्चापदार्थ ढुवानीमा पहिला जस्तो समस्या नभए पनि धेरैजसो मासु पसल अझै खुल्न नसकेकाले व्यवसायले पूर्णरूपमा गति लिन धेरै समय लाग्न सक्ने पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रको बुझाइ छ । उनका अनुसार पहिले दैनिक रूपमा हुने गरेको करोडौं क्षतिको केही हदसम्म न्यूनीकरण भइरहेको छ । यद्यपि कोरोना संक्रमितहरूको संख्या थपिँदै गएकाले व्यवसायमा जोखिम भने कायम नै रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’ : कृषि विज्ञ

‘धानको भण्डारणमा ध्यान दिए २० देखि २५ प्रतिशतसम्म क्षति कम गर्न सकिन्छ’ : कृषि विज्ञ

एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी २५औं वार्षिक साधरणसभा तथा २२ औं अधिवेशन परासीमा सम्पन

एमनेष्टी इन्टरनेशनल नेपाल समुह-३१ परासी २५औं वार्षिक साधरणसभा तथा २२ औं अधिवेशन परासीमा सम्पन

भगवती कृषि सहकारी संस्था ढाकावाङ्गको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश सुनार निर्वाचित

भगवती कृषि सहकारी संस्था ढाकावाङ्गको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश सुनार निर्वाचित

अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

कृषि ज्ञान केन्द्रमा यसबर्ष १३ करोड १४लाख बढि बजेट

कृषि ज्ञान केन्द्रमा यसबर्ष १३ करोड १४लाख बढि बजेट

तरकारी मुल्य श्रृखला सम्बन्धि दुई दिने तालिम ।

तरकारी मुल्य श्रृखला सम्बन्धि दुई दिने तालिम ।

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline