शिव कुमार बेल्वासे फफुरी इङ्गलिस बोर्डिङ्ग स्कुलका शिक्षक हुन
विश्व कोभिड १९ को संक्रमण कोरोना भाइरसबाट आक्रान्त बनिरहेको बेला नेपाल पनि अछुतो छैन कोरोनासँग लडिरहेको छ ।डेढ महिना देखि देश बन्दाबन्दीमा अवस्थामा छ।देशमा सम्पूर्ण शैक्षिक संस्था चैत ५ गतेदेखि बन्द छन्।तयारी परीक्षा रोकिएका छन।परीक्षा भएकाको पनि नतिजा प्रकाशन रोकिएको छ।
नेपालमा मात्रै होइन यो समस्या विश्वभर छ तर नेपालमा नेपालीले आफ्नो औकात देखाउन धेरै आतुर हुन्छन् ।ठूलाले सानालाई हेप्ने प्रवृत्ति हावि छ ।स्थानीयसरकारले गरेको काम प्रदेशसरकारले ,प्रदेश सरकारले गरेको काममा केन्द्रीय सरकारले अङ्कुश लगाउछन्। नागरिकले कुन सूचनालाई आधिकारिक मान्ने दोधारै दोधार ।
भन्दा विरोध जस्तो लाग्छ होला तर नेपाली यो संवेदनशील विषम परिस्थितिमा पनि संयमता छैन आफ्नो बहादुरी देखाइ रहेका छन्।बन्दाबन्दी भयो ,बाहिर हिड्न दिएन भन्दै प्रहरीमाथि ढुङ्गा मुढा बर्साइरहेका छन । यस्तो अवस्थामा देशको आर्थिक,भौतिक ,सामाजिक ,नैतिक तथा शैक्षिक विकासमा देश पक्कै केही पछि धकेलिन सक्छ तर सिकाइमा पछि अवस्य धकलिदैन।
मलाई लाग्छ विश्वमा अहिले सबैभन्दा बढी प्रयोग भएको शब्द नै कोरोना हो ।यो शब्द बोल्न सुरु गरेको बच्चा देखि वृद्धको मुखमा झुन्डिएको छ।यो पनि ठूलो सिकाइ बनेको छ।सबै बालबालिकाले थाहा पाइसकेका छन्।विद्यालय किन बन्द छन् ? कति अभिभावकमा कहिले स्कुल खुल्ला र पठाउला अनि अलि आराम मिल्थ्यो भन्ने भन्ने सोच पक्कै छ,कतै त्यो भिडभाड हुने स्कुलमा कोरोनाको उच्च जोखिम त छैन? भन्ने सोच सबैमा छैन।नतिजा प्रकाशन गरेका सक्ने विद्यालयले पनि यही हो मौका भन्दै आफुलाई चिनाउन दुई दिनलाई देखाउन अनलाइन कक्षा सुरु गर्न पछि हट्दैनन्।
हुने खाने र शिक्षित अभिभावकले त पक्कै सक्नुहुन्छ ,बुझ्नुहुन्छ विभिन्न अनलाइन कक्षामा आफ्ना बच्चालाई सरिक गराउनु भएको छ,विभिन्न रचनात्मक क्रियाकलाप सिकाउनु भएको छ तर गरिब निमुखा हुँदा खाने खाने वर्गका अभिभावकका बच्चाको लागि अनलाइन कक्षा ” लासामा सुन छ कान मेरो बुच्चै ”जस्तै हो । जुनसुकै क्षेत्रमा किन चपेटामा पर्छन् हुँदा खाने ? के यो उनीहरूको वरदान हो ? सक्छौ भने अनलाइन कक्षा सञ्चालन गरेर शिक्षा दिन नै खोजेको भए पहिला त्यस्ता गरिब अभिभावकका विद्यार्थी पहिचान गर ? घरघर नेटवर्कको व्यवस्था गरि देऊ।
उनीहरुको घरघरमा नेटको व्यवस्था गरि देऊ ?एक घर एक एनरोइड मोबाइल वा टि.भी.को व्यवस्था गरि देऊ।वा विकल्पमा स्थानीय सरकारसँग समन्वय गरि सस्तो तथा सबैको पहुँचमा पुगेको लोकप्रिय सञ्चारमाध्यम रेडियोमा रेडियो कक्षा सञ्चालन गरेमा सबैलाई उपयुक्त र भरपर्दाे हुनसक्छ? उनीहरूलाई पहिलो प्राथमिकतामा राख।खास शिक्षा उनीहरूलाई आवश्यक छ ? होइन न भने विभेदकारी अभिभावकमा सन्ताप ल्याउने अनलाइन कक्षा चाहिदैन्।“शिवकुमार बेल्बासे शिवराज नगरपालिका ५ चन्द्रौटा कपिलवस्तु स्थित फफुरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा कार्यरत शिक्षक हुन ।