कपिलवस्तु– कपिलवस्तु क्षेत्र नम्बर–३ मा विकास, स्थायित्व र सुशासनको स्पष्ट चाहना बोकेका मतदाताका लागि विरेन्द्र कनोडिया आज सबैभन्दा भरोसायोग्य विकल्पका रूपमा अगाडि आएका छन्। नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कनोडिया अनुभवी, इमानदार र स्पष्ट विकास दृष्टिकोण भएका नेता हुन्।

लामो समयदेखि राजनीतिमा सक्रिय कनोडियाले स्थानीय तहदेखि केन्द्रसम्मका समस्या नजिकबाट बुझेका छन्। शिक्षा, स्वास्थ्य, सडक, कृषि र खानेपानीजस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत क्षेत्रलाई उहाँले सधैँ प्राथमिकतामा राख्दै आउनुभएको छ। विकासलाई भाषणमा सीमित नराखी परिणाममा बदल्ने उहाँको कार्यशैलीका कारण जनताबीच विश्वास अझ बलियो बन्दै गएको छ।

कनोडियाले किसान, मजदुर, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा दृढतापूर्वक आवाज उठाउँदै आएका छन्। सिँचाइ विस्तार, उत्पादनको उचित बजार सुनिश्चितता र कृषिलाई व्यावसायिक बनाउने उहाँका एजेन्डा क्षेत्रको आर्थिक रूपान्तरणसँग जोडिएका छन्। साथै, युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्यसहित सीपमूलक तालिम, उद्यमशीलता र स्वरोजगार कार्यक्रम अघि बढाउने प्रतिबद्धता उहाँले सार्वजनिक रूपमा व्यक्त गर्दै आउनुभएको छ।
स्वास्थ्य र शिक्षामा गुणस्तरीय सेवा सबैको पहुँचमा पुर्‍याउनु उहाँको मुख्य प्राथमिकता हो। ग्रामीण भेगका विद्यालय तथा स्वास्थ्य संस्थाको सुदृढीकरण, आधुनिक पूर्वाधार विकास र दक्ष जनशक्ति व्यवस्थापनमार्फत दीर्घकालीन विकास सुनिश्चित गर्ने स्पष्ट योजना उहाँसँग छ।

पारदर्शिता, सुशासन र जवाफदेहितालाई राजनीतिक मूल मन्त्र बनाएका कनोडियाले जनताको विश्वास कहिल्यै नटुट्ने अठोट व्यक्त गरेका छन्। सामाजिक सद्भाव, आपसी सहकार्य र स्थिर सरकारबाट मात्र दिगो विकास सम्भव हुने उहाँको दृढ धारणा छ।

समृद्ध कपिलवस्तु क्षेत्र नम्बर–३ निर्माणका लागि विकासप्रेमी, अनुभवी र इमानदार नेतृत्वको आवश्यकता रहेको वर्तमान सन्दर्भमा विरेन्द्र कनोडियालाई समर्थन र मत दिई विजयी गराउन मतदातामा जोडदार अपिल गरिएको छ।