आवर मदरलेण्ड एकेडेमीका विज्ञान शिक्षक बेल्वासे सम्मानित
चन्द्रौटा,कपिलवस्तु । शिवराज नगरपालिका–५ स्थित आवर मदरलेण्ड एकेडेमीले विज्ञान विषयमा उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शिक्षक ऋषि बेल्बासेलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।
कक्षा १० का ३५ जना विद्यार्थीमध्ये ३० जनाले विज्ञान विषयमा A+ ग्रेड हासिल गरेका हुन्। सोही उपलब्धिलाई मध्यनजर गर्दै शिक्षक ऋषि बेल्बासेलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीका बताउनु भयो ।
उक्त कार्यक्रममा विद्यालयका विभिन्न उप-समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयका प्रिन्सिपल कुलराज ढुङ्गानाले जानकारी दिनु भयो ।
विद्यार्थीहरूको प्रेरणा र मेहनती शिक्षकको योगदानले विद्यालयको शैक्षिक गुणस्तर उच्च बनिरहेको प्रिन्सिपल ढुंगानाले बताउनु भयो ।
उक्त सम्मान कार्यक्रमको अवसरमा SEE मा सफल भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान पनि गरिएको थियो। उक्त परीक्षामा १० जना विद्यार्थीहरूले A+ ग्रेड, २१ जना विद्यार्थीहरूले A ग्रेड, र २ जना विद्यार्थीहरूले B+ तथा २ जना विद्यार्थीहरूले B ग्रेड हासिल गरेका विद्यार्थी सहित विद्यालय प्रशासन तथा व्यवस्थापन समितिले शिक्षक बेल्बासेको मेहनत र समर्पणको कदर गर्दै संयुक्त रूपमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























