१ दिवसीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

संजिव गहतराज चन्द्रौटा,कपिलवस्तु।
मुक्ति समाज कपिलवस्तुको आयोजनामा १ दिवसीय अगुवा कार्यकर्ताहरूलाई लक्षित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले दलित समुदायले आफ्ना अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी प्रशिक्षण कार्यक्रममा मुक्ति समाज लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कृष्ण विश्वकर्मा, नेकपा (एमाले) जिल्ला कमिटी सचिव सिवी गहतराज, नेकपा (एमाले) जिल्ला सल्लाहकार समिति सदस्य तथा शिवराज नगरपालिका-१ का वडाध्यक्ष खिमविक्रम के.सी. लगायतले शुभकामना मन्तव्यसहित प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रम मुक्ति समाज कपिलवस्तुका अध्यक्ष राम प्रघट कोरीको अध्यक्षता तथा जिल्ला सचिव किरण नेपलीको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





















