धन कुमारी अधिकारीलाई हराउँदै हमाल विजयी
कपुरी डेक्स
कपिलवस्तु – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि मंगलबार निर्वाचन भएको थियो। सो निर्वाचनमा क्षितिज थेबे दोस्रोपटक अध्यक्षमा विजयी भएका हुन्।
पदाधिकारीतर्फ अध्यक्ष बाहेक सबैजसो पदमा पनि थेबे प्यानल विजयी भएको छ। अध्यक्षमा थेबेले ७९६ मत प्राप्त गरी सुमन पुरीलाई पराजित गरे, जसले ६०८ मत पाए। उपाध्यक्षमा पनि थेबे प्यानलका महाराज गुरुङ र विनय शाह विजयी भए। गुरुङले ८९५ र शाहले ७७३ मत प्राप्त गरे। पदाधिकारीतर्फ सर्वाधिक मत उपाध्यक्ष गुरुङले प्राप्त गरे।
पुरी प्यानलका पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत पाए। महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ मत पाए भने उपमहासचिवमा उपेन्द्र शाही ८१५ मतसहित विजयी भए। पुरी प्यानलका महासचिव उम्मेदवार कुबेर अधिकारीले ६४९ र उपमहासचिव उम्मेदवार खेमराज शर्माले ५८९ मत प्राप्त गरे।
खुला सचिव पदमा मदन भण्डारी ७९४ र अरुण बहादुर कुँवर ६४८ मतसहित निर्वाचित भए। अरुण पुरी प्यानलबाट निर्वाचित हुने एकमात्र पदाधिकारी हुन्। देव बस्नेतले ४८१, ध्रुव खड्काले ४३७ र वकिलबहादुर बमले ४४८ मत पाए।
सचिव (मधेसी)तर्फ थेबे प्यानलका मोबिल अख्तर आलमले ७४३ र सचिव (महिला)तर्फ निशा लिम्बू सुब्बाले ६४६ मतसहित विजयी भए। मधेसी सचिव पदका प्रत्यासी चितरन्जन यादवले ४८० र महिला सचिव पदकी रेशु तामाङले ६१४ मत प्राप्त गरिन्। महिला सचिवतर्फको मतान्तर सबैभन्दा कम ३२ मात्र रह्यो, जसमा रेशु तामाङ निशासँग स्तब्ध ढंगले पराजित भइन्।
यसका साथै कपिलवस्तु जिल्लाबाट केन्द्रिय सदस्यमा विष्णु बहादुर हमाल ६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी धन कुमारी अधिकारीले ६४ मत प्राप्त गरे। कपिलवस्तुका दुई उम्मेदवारमध्ये हमाल पुरी प्यानल निकट र अधिकारी थेबे प्यानल निकट हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























