कपिलवस्तु, शिवराज-११ मा आगलागी पीडितलाई राहत वितरण
सञ्जीव गहतराज / जेठ १ गते
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ११ मा आज आगलागी पीडित परिवारहरूलाई राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममार्फत पीडितलाई पि-फरम, डसना, तन्ना, सिरानी, पानी राख्ने बाल्टी, जग, मग, लुगा, झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक सामग्री उपलब्ध गराइएको हो।
गत वैशाख ३० गतेको आगलागीबाट १३ घरधुरीका ४९ जना प्रत्यक्ष प्रभावित भएका थिए। तीमध्ये विद्यालय जाने बालबालिका, सुत्केरी महिला, नवजात शिशु र गर्भवती महिलाहरू विशेष कठिनाइमा परेका थिए।
राहत वितरण कार्यक्रम शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्मा, वडा अध्यक्ष रामेश्वर प्रसाद वर्मा लगायतको उपस्थितिमा सम्पन्न भएको हो।
उक्त कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित ‘स्थानिय अधिकार कार्यक्रम’ तथा शिवराज नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको संयोजक अजय चौधरीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























