दिपक खडका ।

काठमाडौं-नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा २०८१ फागुन २४ गते आयोजित लुम्बिनी प्रदेशको भित्र पर्ने जिल्लाहरुको जिल्ला स्तरीय फुटसल प्रतियोगितामा कपिलवस्तु-काठमाडौं सम्पर्क मञ्चले उपाधि जितन सफल भएको छ ।

फाइनल खेलमा पाल्पा सम्पर्क मञ्चलाई ५–४ गोलले पराजित गर्दै कपिलवस्तु-काठमाडौं सम्पर्क मञ्चले रोमाञ्चक जित हात पार्न सफल भएको हो । प्रतियोगितामा रोल्पा सम्पर्क मञ्च तेस्रो भएको थियो ।

प्रतियोगितामा १२ टोलीहरूको सहभागिता रहेको नेकपा एमाले कपिलवस्तु-काठमाडौं सम्पर्क मञ्च कपिलवस्तुका अध्यक्ष सुनिल भट्टराईले जानकारीदिनु भयो ।

विजेता टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई संघीय संसद तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर प्रसाद गैरेले नगद पुरस्कार तथा ट्रफी वितरण गर्नु भएको थियो ।

प्रथम स्थान हासिल गर्ने टोलीलाई रु १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको भट्टराईले बताउनुभयो । उहाँले खेलकुदले समाजमा एकता, भाइचारा तथा अनुशासनको विकास गरेकव बताउदै   यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

युवाहरूलाई खेलकुदमा आकर्षित गर्दै सकारात्मक दिशामा अघि बढाउन खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको समेत वहाँले जिकिर गर्नु भयो । कार्यक्रममा स्थानीय नेताहरू, खेलप्रेमी दर्शक तथा विभिन्न सम्पर्क मञ्चका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।