श्याम सुन्दर र दिपकको उत्कृष्ट प्रदर्शनले वडा नं. ४ को विजयी सुरुवात
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
प्रतियोगिताको लिग चरण अन्तर्गत दोस्रो खेल वडा नं. ६ र वडा नं. ४ बीच अत्यन्त रोमाञ्चक भएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं. ६ ले निर्धारित १० ओभरको खेलमा ७ विकेटको क्षतिमा ७६ रन बनाएको थियो ।
वडा न ६ का बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै रन नियन्त्रणमा राखेका थिए । ७७ रनको लक्ष्य पछ्याउने क्रममा वडा नं. ४ ले निकै संघर्षपूर्ण प्रदर्शन गर्यो। अन्तिम ओभरसम्म तनावपूर्ण बनेको खेलमा ९ विकेट गुमाउँदा मात्र जित सुनिश्चित भयो। टोलीको जितमा श्याम सुन्दरले महत्वपूर्ण २१ रन र दिपकले ह्कोयाट्रिक विकेटको योगदानले वडा न ४ लाई जित दिलाउन महत्पुर्ण भुमिका खेलेको थियो । श्याम सुन्दरको उत्कृष्ट प्रदर्शनका कारण उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























