दिपक खड्का चन्द्रौटा, कपिलवस्तु ।

 मेयर तथा उपमेयर प्रतियोगिता २०८१  को महिला भलिबल प्रतियोगिता तर्फ आज सम्पन्न खेलमा वडा नं. २ ले वडा नं. १ लाई सोझो सेटमा पराजित गर्दै शानदार जीत हात पारेको छ।

खेल प्रारम्भदेखि नै वडा नं. २ को टोली राम्रो लयमा देखिएको थियो । वडा न २ का सम्पुर्ण खेलाडीहरु  उत्कृष्ट टिम भावना र रणनीतिक खेल कौशल देखाउदै वडा न १ लाइ दबाबमा राख्दै जित हात पार्न सफल भएको थियो ।

वडा न १ ले राम्रो प्रदर्शन गरेपनि वडा नं. २ ले जित निकाल्न सफल भएको थियो । महिला भलिबलको प्रदर्शनले स्थानीय स्तरमा बढ्दो लोकप्रियतालाई झल्काएको र  महिला खेलाडीहरूको सहभागिता र प्रदर्शनले आफुलाई खुशी तुल्याएको नगर खेलकुद समितिका संयोजक सन्तोष चौधरीले बताउनु भयो ।

वडा नं. २ अर्को चरणमा प्रवेश गरिसकेको र अर्को खेल वडा नं. ५ विरुद्ध हुने खेलका प्राविधिक संयोजक अरुण सेनले बताउनु भयो ।