दिपक खड्का चन्द्रौटा,कपिलवस्तु

शिवराज नगरपालिका वडा नं. ५ अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को वडा स्तरीय छनोट खेलकुद प्रतियोगिता आजदेखि वडा नं. ५ मा रहेको खेल मैदानमा सुरु भएको छ ।

शिवराज नगरपालिका वडा न. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले युवाहरूलाई अनुशासित सक्षम र समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

वडा स्तरीय खेल समितिका सदस्य अरुण सेनले फुटबल, भलिबल, क्रिकेट र कराते खेलका पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा हुने र प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई  फागुण ६ देखि १५ गतेसम्म सञ्चालन हुने मेयर तथा उपमेयर कप प्रतियोगिता २०८१ मा सहभागी गराइने जानकारीदिनु भयो ।

वडा स्तरीय छनोट कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, युवा समाजसेवी सरोज पौडेल, राइजिङ स्टार क्लब चन्द्रौटाका अध्यक्ष प्रदीप थापा र  वडा न. ५ का खेल समितिका सदस्य भिम खनालको उपस्थिति रहेको थियो।