दिपक खडका चन्द्रौटा, कपिलवस्तु ।

शिवराज नगरपालिका वडा नं. २ द्वारा वडा स्तरीय बजेटबाट ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा पोषणयुक्त सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको वडा सचिव नारायण पंगेनीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष राम बहादुर चौधरीले जेष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य परीक्षण तथा पोषण सामाग्री च्यवनप्राश तथा प्रोटिनयुक्त सिरप वितरण गर्ने कामको सुरुवात गरिएको बताउनु भयो ।

वडा अध्यक्ष चौधरीले यस कार्यक्रम अन्तर्गत वडा कार्यालयको टोलीले प्रत्येक जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श प्रदान गरिने बताउनु भयो ।

अध्यक्ष चौधरीले हामीले जेष्ठ नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी यो कार्यक्रम सुरु गरेको बताउदै आगामी दिनमा पनि यस्ता सहयोगी कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

वडा न.२ ले लक्ष्यित वर्गलाई मध्यनजर राख्दै यस्ता सेवामूलक काम निरन्तर गर्दे आइरहेको छ ।