दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ मा आयोजित कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता आजबाट भव्य रूपमा सुरूवात भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा जवाभारी युवा क्लब र लुम्बिनी कपिलवस्तु पुलिस क्लबबीच प्रतिस्पर्धा भएको थियो। खेलमा लुम्बिनी कपिलवस्तु पुलिस क्लबले शानदार प्रदर्शन गर्दै ५३ रनको फराकिलो जित हासिल गर्न सफल भयो ।

जवाभारी युवा क्लबले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लुम्बिनी कपिलवस्तु पुलिस क्लबले १२ ओभरमा ५ विकेट गुमाउँदै १३८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

युवराज सेनको उत्कृष्ट ब्याटिङ प्रदर्शनले पुलिस क्लबलाई बलियो स्थितिमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरे सेनले २५ बलमा ४ चौका र ५ छक्काको मद्दतले ५६ रन बनाए । उनले २ सय २४ को स्ट्राइक रेट ५६ रन बनाए  जुन विपक्षीलाई दबाबमा राख्न प्रभावकारी साबित भएको थियो ।

जवाफमा जवाभारी युवा क्लबले १२ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सक‍‍यो। लुम्बिनी कपिलवस्तु पुलिस क्लबका बलरहरूको आक्रामक प्रदर्शनका कारण जवाभारी युवा क्लब ठूलो स्कोर गर्न असफल भयो ।

लुम्बिनी कपिलवस्तु पुलिस क्लबका ब्याटर युवराज सेन खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनले साहसी प्रदर्शन र निर्णायक योगदानले टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । सेनको प्रदर्शनले स्थानिय क्रिकेट प्रेमीहरूलाई समेत प्रभावित बनाएको थियो ।

प्रतियोगिताका संयोजक रहिस शाहले खेलपछि युवराज सेनको प्रदर्शनको प्रशंसा गर्दै भने, “युवराजको उत्कृष्ट खेलले लुम्बिनी कपिलवस्तु पुलिस क्लबको जित सुनिश्चित गर्यो यस्ता प्रतियोगिताहरूले स्थानिय प्रतिभालाई उजागर गर्न र युवाहरूलाई क्रिकेटप्रति आकर्षित गर्न ठूलो भूमिका खेल्छने बताए । शाहले यस प्रकारका कार्यक्रमहरूले स्थानिय स्तरमा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

 

कपिलवस्तुको पश्चिमी क्षेत्रमा पहिलो पटक आयोजना गरिएको सिजन वान कपिलवस्तु प्रिमियर लिग (KPL) जस्ता प्रतियोगिताहरूले स्थानिय स्तरमा क्रिकेटलाई प्रोत्साहन गर्न मात्र होइन, प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्लेटफर्म पनि प्रदान गर्ने र  स्थानिय खेलाडीहरूको प्रतिभा चिनाउन र खेलप्रति थप रुचि बढाउन यसता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेलने र यस क्षेत्रमा क्रिकेटको खेल मैदान निर्माणमा लुम्बिनी प्रदेश सरकारले पहल गर्ने कार्यक्रमा प्रमुख अतिथि तुलाराम धर्तिमगरले बताउनु भयो ।