दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ मा कपिलवस्तु प्रिमियर लिग क्रिकेट प्रतियोगिताको  भव्य रूपमा उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम धर्ती मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रतिस्पर्धी खेलाडीहरूलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी., शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, स्थानीय नेता र समाजसेवीहरूको उपस्थिति थियो।

प्रतियोगिताको पहिलो खेलमा जवाभारी युवा क्लब र लुम्बिनी कपिलवस्तु पुलिस क्लबबीच प्रतिस्पर्धा भएको थियो । जवाभारी युवा क्लबले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको लुम्बिनी कपिलवस्तु पुलिस क्लबले १२ ओभरमा ५ विकेट गुमाउँदै १३८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो इनिङ्समा जवाभारी युवा क्लबले १२ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सफल भयो र   लुम्बिनी कपिलवस्तु पुलिस क्लब ५३ रनको फराकिलो अन्तरले विजयी हुन सफल भएको थियो ।

लुम्बिनी कपिलवस्तु पुलिस क्लबका ब्याटर युवराज सेनले उत्कृष्ट प्रदर्शन गर्दे  २५ बलमा ४ चौका र ५ छक्काको मद्दतले ५६ रन बनाउन सफल भएका थिए ।  उनले २ सय २४ को  स्टारइक रनरेटमा बैटिङ्ग गरेका थिए । विपक्षी टिमलाई दबाबमा राख्न सफल सेन उत्कृष्ट खेल प्रस्तुत गर्दे खेलमा ‘म्यान अफ द म्याच’ बन्न सफल भएका थिए ।

खेल पछि कुराकानी गर्दे KPL का  संयोजक रहिस शाहले  युवराजको राम्रो प्रदर्शनलाई प्रशंसा गर्दै उनको  योगदान लुम्बिनी कपिलवस्तु पुलिस क्लबको जित सुनिश्चत भएको बताउदै यसता प्रतियोगिताहरूले स्थानिय प्रतिभालाई अगाडि ल्याउन र क्रिकेटप्रति युवाहरूको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।