दिपक खड्का

शिवराज नगरपालिका वडा नं. ११ मा वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता माघ ९ गतेदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा जामुन बगिया क्रिकेट टिमले भदौखरलाई ९ विकेटले पराजित गर्दै उत्कृष्ट जित हात पारेको छ ।

भदौखर क्रिकेट टिमले दिएको ११३ रनको लक्ष्य  जामुन बगियाले सहजै उक्त लक्ष्य पूरा गर्न सफल भएको थियो । जामुन बगियाका खेलाडी सागर आचार्यले उत्कृष्ट प्रदर्शन गर्दै ८८ रन बनाए र ५ विकेट लिएका थिए । उनलाई उत्कृष्ट खेल  प्रदर्शनका लागि  म्यान ऑफ द म्याच ‘ घोषित गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष रामेश्वर वर्माको अध्यक्षतामा समपन्न भएको हो ।  कार्यक्रमा समाजसेवी प्रेम बहादुर रायमाझी प्रमुख अतिथि , राशिद मिर्जा र रहिश शाह विशेष अतिथि रहेका थिए । उद्घाटन कार्यक्रमको संचालन आशीष वर्माले गर्नु भएको थियो । कार्यक्रमकम वक्ताहरुले खेलकुदले समुदायमा एकता र स्वास्थ्यमा सकारत्मक परिवर्तन ल्याउने बताएका थिए ।

प्रतियोगिताका संयोजक आशीष वर्माका अनुसारं माघ १० गते बिहानको पहिलो खेल मर्जादपुर ‘ ए ‘ र सेमरी जामुन बगिया जामुन बी ‘ बीच हुने खेल संयोजक आशीष वर्माले जानकारी दिनुभो ।