कपुरी डेक्स ।

नेपाल इन्जिनियर एसोसिएसनको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय 7A Side New Cup फुटबल प्रतियोगिता माघ ४ गतेदेखि शिवराज नगरपालिकामा सुरु भएको छ।

प्रतियोगितामा नेपाल इन्जिनियर पेशामा रहेका लुम्बिनी प्रदेश स्तरिय १२ टिमको सहभागी रहेको र खेल  राइजिङ स्टार युथ क्लबको खेल मैदानमा सञ्चालन भइरहेको आयोजकले जानकारीदिएको छ ।

नेपाल इन्जिनियर एसोसिएसनका साधारण सदस्य इन्जिनियर मोहन केसीले प्रतियोगिताको अन्तिम दिन माघ ५ गते सेमिफाइनल र फाइनल खेलहरू हुने र सेमिफाइनल खेलहरूमा ४ टिमको कडा प्रतिस्पर्धा रहेको बताउनु भयो ।

इन्जिनियर केसीले  विजयी २ टिमले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने र  सबै फुटबलप्रेमीहरूलाई खेल मैदानमा उपस्थित भएर खेलको आन्नद संगै प्रतियोगितालाई थप उत्साहजनक बनाउन आग्रह गर्नुभयो ।

राइजिङ स्टार युथ क्लबका अध्यक्ष प्रदीप थापाले यस प्रतियोगिताले ग्रामीण क्षेत्रमा रहेका नव-युवा खेलाडीहरूलाई प्रोत्साहित गर्न भएकोले  प्रतियोगिता महत्त्वपूर्ण भएको बताउनुभयो । थापाले नेपाल इन्जिनियर एसोसिएसनले ग्रामीण क्षेत्रमा फुटबल खेलाडीहरूलाई प्रोत्साहन गर्न यस्तो प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त  गर्नुभयो।