कपुरी डेक्स ।

शिवराज नगरपालिका, वडा नं ४ ले स्थानिय महिलाहरुको आर्थिक सशक्तिकरणका लागि आधारभूत सिलाइ–कटाइ तालिमको शुभारम्भ गरेको छ ।

वडा नं ४ का अध्यक्ष, नसिम अहमद खाँ, तालिमको उद्घाटन गर्दै  “यो तालिम महिलाहरुलाई स्वरोजगारको अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताउनु भयो । सिलाइ–कटाइ तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको र यस तालिमले  भविष्यमा सिलाइ–कटाइका सीप सिकेर आत्मनिर्भर बन्ने आशा वडाले राखेको जानकारी दिनु भयो ।

तालिमको आयोजन वडा नं ४ को वडा स्तरिय बजेटबाट गरिएको  र यसले स्थानीय महिलाहरुलाई नयाँ सीप सिकाउने साथै उनीहरुको सामाजिक र आर्थिक स्थिति सुधार्ने अवसर प्रदान गर्नेछ ।

तालिममा सहभागी महिलाहरुले   तालिमको स्वागत गर्दै, यसले उनीहरुको जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए । उनिहरुले  सिकेका सीपहरुबाट भविष्यमा सिलाइ–कटाइ व्यवसाय सुरु गर्ने र परिवारलाई थप सहयोग पुर्याउने बताए ।