यू १९ महिला टी २० अभ्यास खेलमा अमेरिकालाई जितकोलागि ५९ रनको लक्ष्य
नेपाल र अमेरिकाबीच यू-१९ महिला टी२० विश्वकप को द्वितीय खेलमा नेपालले अमेरिकालाई ५९ रनको सानो लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओवरमा ९ विकेट गुमाएर ५८ रन बनाएको थियो ।
ओपनर सना प्रवीणले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन योगदान गर्नु भयो । ५८ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले भने कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेन।
अमेरिकाको लागि सुहाना थाडानी, रितु सिंघ, इसानी भागेला, सानवी इमादी, माही माधवन र पूजा साहले १-१ विकेट लिएका थिए । नेपाल पहिलो अभ्यास खेलमा सोमबार वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























