सुर्यमुखी कपको फाइनलमा शिवशक्ति र शिवगढी स्पोर्टिङ क्लब आमने-सामने
कपुरी डेक्स ।शिवगढी,कपिलवस्तु – शिवराज नगरपालिका वडा नं. ९ मा रहेको सुर्यमुखी युवा क्लबद्वारा आयोजित २४औं शृङ्खलाको सुर्यमुखी कपको फाइनल खेलमा शिवशक्ति युवा क्लब कालोनी र शिवगढी स्पोर्टिङ तुरुन्तपुर भिड्ने भएका छन्।
शिवगढीमा जारी नकआउट फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलका खेल सम्पन्न भएपछि यी दुई टोलीले फाइनल यात्रा तय गरेका हुन्। शिवशक्ति युवा क्लबले नव सृजनशील क्लबलाई पराजित गर्दै स्थान सुरक्षित गरेको छ भने शिवगढी स्पोर्टिङले जागृती रहटकोललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।
माघ २ गते हुने फाइनल रोमाञ्चक हुने अपेक्षा
माघ २ गते फाइनल खेलका लागि यी दुई टोली आमनेसामने हुनेछन्। दुबै टोलीले यसअघि तीन-तीन पटक सुर्यमुखी कपको उपाधि जितिसकेको हुँदा यस पटकको भिडन्त थप रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।
गोल्डेन स्टारको कीर्तिमान अगाडि चुनौती
सुर्यमुखी कपको इतिहासमा गोल्डेन स्टार क्लब सबैभन्दा धेरै ७ पटक उपाधि जितेर पहिलो स्थानमा रहेको छ। आयोजक क्लबले ५ पटक उपाधि चुम्दै दोस्रो स्थानमा स्थान बनाएको छ।
यसपटक दुबै टोलीको प्रदर्शनले सुर्यमुखी कपको २४औं संस्करणलाई अझै यादगार बनाउने अपेक्षा खेल प्रेमीहरूले गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























