कपुरी डेक्स ।

कपिलवस्तुको शिवराज नगरपालिका–७ मा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगिताको समापन बिहीवार एक कार्यक्रमका बीच वडा अध्यक्ष अनुप कुमार चौधरीले पुरस्कार वितरण गरी गर्नु भयो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने रुद्रपुर टिमलाई सम्मानका साथ पुरस्कार प्रदान गरिएको थियो । वडा अध्यक्ष चौधरीले अनुशासन र खेलभावना प्रदर्शन गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताले युवालाई गलत बाटोबाट टाढा राख्दै खेलकुदप्रति आकर्षित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधि, खेलप्रेमी दर्शक, तथा सहभागी टिमका खेलाडीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। प्रतियोगितामा जम्मा ३२ टिमले सहभागिता जनाएका थिए।

खेलकुदप्रतिको युवाको चासो बढाउने र स्वस्थ्य प्रतिस्पर्धा सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता शिवराज–७ का लागि एक प्रेरणादायक  बनेको छ ।