कपुरी डेक्स

शिवराज नगरपालिका वडा नं. ४ मा रहेको स्थानिय क्रिकेट खेल मैदान समिति ग्राउन्डमा पुष २१ गतेदेखि वडा स्तरिय क्रिकेट प्रतियोगिता शुरू भएको छ। प्रतियोगिताले स्थानिय युवाहरूमा नयाँ ऊर्जा र जोश भरेको छ ।

प्रतियोगिताको उद्घाटन शिवराज नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नसिम अहमद खाँको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन समारोहमा अध्यक्ष खाँले खेलकुदले युवाहरूलाई अनुशासन, एकता, र स्वस्थ्य जीवनशैलीको मार्ग देखाउने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “खेलकुदले मानसिक र शारीरिक रूपमा स्वस्थ्य रहन समेत सहयोग गर्नेछ ।

प्रतियोगिताका संयोजक सराफत खाँले वडा स्तरिय प्रतियोगिता नगर स्तरमा आयोजना हुने मेयर कपका लागि नयाँ प्रतिभा पहिचान गर्ने अवसर हुने र प्रतियोगितामा शिवराज नगरपालिकाका सम्पूर्ण वडाका टिमहरू सहभागी भएका छन्।

पहिलो दिनको खेलमा  वडा नं. ८ को महुली क्रिकेट टिम र वडा नं. ३ को कटुवा क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो । महुली टिमले दिएको १६३ रनको लक्ष्य कटुवा टिमले ५ विकेट बाँकी राख्दै सजिलै प्राप्त गर्‍यो र खेलले दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो।

                 आजका खेलहरू

आज पुष २५ गते बिहीबार निम्न खेलहरू आयोजना हुनेछन्:

१.बिहान १०:०० बजे: वडा नं. ३ मदवा बनाम वडा नं. ४ डकहिया।

२.दिउँसो १२:०० बजे: वडा नं. ४ बर्गदवा बनाम वडा नं. ३ कटुवा।

३.दिउँसो २:०० बजे: वडा नं. ४ बर्गदवा बि बनाम वडा नं. ५ खैरि बि।

प्रतियोगिता एक हप्ता लामो हुनेछ, जसको फाइनल खेल पुष २९ गते सोमबार सम्पन्न हुने र विजेता टिमलाई रु २०,००० नगद पुरस्कार र दोस्रो हुने टिमलाई रु १२,००० नगद पुरस्कार प्रदान गरिने आयोजक शिव शक्ति युथ क्लबले जानकारी दिएको छ ।

प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहन गर्ने र खेलकुदको महत्वलाई उजागर गर्ने उद्देश्य राखिएको र

स्थानिय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिले यस प्रतियोगिताको महत्व अझ बढाएको छ ।