कपुरी डेक्स ।

नेपालमा क्रिकेटको लोकप्रियता निरन्तर बढ्दै गएको छ र यसले धेरै युवा खेलाडीहरूलाई क्रिकेटमा आफ्नो भविष्य बनाउने प्रेरणा दिएको छ। यस्तै एउटा प्रेरणादायक यात्रा हो, दिपु र उनका छोरा आदिको । दिपु, जो एक सक्रिय क्रिकेट एम्पायर हुन्, अब १ लेबलका क्रिकेट एम्पायरिङमा आफ्नो भविष्य बनाउनको लागि कठिन मेहनत र लगनसाथ अघि बढिरहेका छन् । उनका छोरा आदि, जो हाल ९ वर्षका छन्, क्रिकेटप्रतिको गहिरो प्रेमका कारण भविष्यमा यस खेलमा ठूलो नाम कमाउने सपना देखिरहेका छन् ।

दिपुले हालै एक हप्ते क्रिकेट एम्पायरिङ तालिम लिएका छन् र त्यसपछि स्थानिय पालिका र वडा स्तरमा एम्पायरिङ गर्दै आएका छन्। उनले आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटको महत्वपूर्ण हिस्सा बनाउने दृढ संकल्प लिएका छन्। उनका अनुसार, क्रिकेट एम्पायरिङ एक चुनौतीपूर्ण, तर रोमाञ्चक पेशा हो, जसले निरन्तर नयाँ कुरा सिक्न र व्यक्तिगत विकासको अवसर दिन्छ ।

उनका छोरा आदि , जो स्थानिय सरकारी विद्यालयको कक्षा २ मा पठनपाठन गर्दैछन्, क्रिकेटको प्रति गहिरो रुचि राख्छन् । उनी सधैं नयाँ-नयाँ क्रिकेट सीपहरू सिक्ने र अभ्यास गर्ने अवसर खोजिरहेका हुन्छन ।  भविष्यमा आफ्नो पिता जस्तै एक सफल व्यक्ति र खेलाडी बन्ने लक्ष्य राख्ने आदि, क्रिकेटलाई आफ्नो जीवनको अभिन्न हिस्सा मान्छन् र पढाइ संगै अन्य काममा पनि रुचि राख्छन् ।

दिपु र आदिको बीचको सम्बन्ध मात्र पारिवारिक होइन, यो उनीहरूको क्रिकेटको यात्रा पनि हो । दिपुको भनाइ अनुसार  “क्रिकेट खेल्दा र अन्य विषयमा  आदि  सँग समय बिताउन पाउँदा  निकै खुशीको अनुभुति हुन्छ ।  आदिले मलाई क्रिकेट संग संगै पढाइमा पहिलो स्थान ल्याउदा  गर्वित बनाएका छन् र म उनलाई भविष्यमा  उच्च शिखरमा पुग्नका लागि सधैं सहयोग र प्रेरणा दिनेछु ।”

यो परिवारको क्रिकेट यात्रा केवल खेलको क्षेत्रमै सीमित छैन, यो जीवनका अन्य पक्षमा पनि प्रेरणा पुर्याउने एउटा उदाहरण बनेको छ । दिपु र आदिको यो यात्राले  परिवारको साथ र लगनशीलतासँगै, खेलकुदको क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण समेत दिन्छ ।

यो प्रेरणादायक कथा हो कसैको जिवन संग मैल खाए संयोग मात्र हुनेछ